माधव चढ्न मानेनन्, ओली ओर्लन मानेनन् ! अब के हुन्छ यात्रु महानुभावहरु ?

प्रकाशित मिति: २८ असार २०७८, सोमबार १३:२२

‘भ्रममा नपरौँ, स्वागत गर्न हतार नगरौँ ! हामी हस्ताक्षर फिर्ता लिदैनौँ’ : रामकुमारी झाँक्री
नखाउँ भने कार्यदलको फल, खाउँ भने ओलीपथको  दलदल !


चार निवर्तमान मन्त्रीले क्वार्टर छाडेनन् 
‘त्यो पर्दैन ! सके म मिलाउछु भाग, नसके बाटो लाग !’ -बा


एमाले सहमतिको १२ घण्टा नपुग्दै बाझियो
दुई पक्षको भनाइकोरोना हो र सधैं टिकिरहनलाई !


राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न पाउनुपर्ने वामदेव गौतमको प्रस्ताव
झरे खाउँला-नझरे नखाउँला,  को खाई काे खाई भनेर फकाउँला !


‘रातारात सहमति गर्नुपर्ने थिएन, प्लेन छुट्नेवाला थिएन’- माधव नेपाल
राती भयो अग्राख पलायो-अग्राखले खग्रास गरायो !


देउवा लक्षित सूर्य थापाको ट्वीट्, जसमाथि माधव नेपालले जनाए आपत्ति
नेपालको सुर्य अरबझैं  तातो, तातोले बोल्दा बनाउँछ रातो !


भारतीय नागरिकलाई नागरिकता दिएको आरोपमा वडाध्यक्षसहित ८ जना पक्राउ
‘नागरिकता दिएको होईन, पैसा लिएको हो’ -वडाध्यक्ष 


अमेरिकी राजदूतले भने– ‘राजनीतिक लाभका लागि हामी खोपको व्यापार गर्ने छैनौं’
……भनेर भन्ने दिन कहिले आउला !


कोभिड-१९ अध्यादेश, आदेश र जरिवाना : सर्वसाधारणलाई मात्र कि प्रधानमन्त्री र उनका समर्थकलाई पनि ?
डराउनु पर्दैन । लागिहाले अर्को हेल्थ टिप्स आउँछ ।


ओली क्याबिनेटका पूर्वमन्त्रीले एमाले गएका पूर्वमाओवादी नेताहरुलाई भनिन् ‘पाल्तु
कुत्ता’
उता फाल्तु थिए, यता पाल्तु भए । यत्ती त फरक हो ।

 
कोपा अमेरिकाको उपाधी ईटलीले लाग्यो
कोपा नेपालको उपाधी वालुवाटारले लग्यो 

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्वीरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभार सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com