बढ्दा १० रूपैँया घट्दा १ रुपैयाँ, के हो ?

प्रकाशित मिति: १ श्रावण २०७८, शुक्रबार १७:४३

प्रधानमन्त्री देउवालाई माधव नेपालको वचन : ‘विश्वासको मत दिन्छौं’
बिश्वास गर्छन् यहाँका कमरेडहरु आफुमा हैन अर्कामा ! 

बालकोट पुगेपछि ओलीले भने, ‘माधव नेपालले गद्दारी गरे, अब पार्टीमा ठाउँ छैन’
ओलीकालागी गद्दार, देउवाकालागि उद्धार !


पाँच विद्यार्थी संगठनको आन्दोलनपछि पेट्रोल र डिजलको मूल्य प्रतिलिटर एक रूपैयाँ घट्यो
एक रुपैयाँ घटाउन कति रुपैयाँको तोडफोड भयो, खर्च आउन बाकी !


दक्षिण अफ्रिकामा दंगा भड्किँदा प्रहरी नै लुटपाटमा संलग्न
दक्षिण एसियाकालागि दक्षिण अफ्रिकाको  शन्देश !


एमालेको सडक प्रदर्शनबारे बाबुरामको टिप्पणी, ‘खसीको टाउको छिनाले पनि पुच्छर केही बेर फिटीफिटी गर्छ!’
छिन्ने छिनाउने सन्दर्भमा BRB कमरेडकाे भनाई पत्याउनै पर्छ !


कृष्णगोपाल श्रेष्ठ भन्छन्- ‘मलाई थुन्न मन लागेको छ भने लगेर थुनिदिए भैगो नि!’
निकाल्न पैलेजस्तै केपी ओली छैनन्, कसरी ढुक्कसँग भन्न सक्या होला !


प्रदेश १ का कर्मचारीले आजबाट दैनिक १ सय खाजा खर्च पाउँदै 
१०० को खाजा, पाउँछ र आज ,


प्रचण्ड, माधवपछि बाबुरामलाई भेटे विप्लवले
ढिला गर्नु भो त !


ओलीले बोलाएको संसदीय दलको बैठक नेपाल समूहले बहिष्कार गर्ने
कस्तो मोडमा ल्याई छोडी दियौ, न त आर भयो, न त पार भयो !


देउवालाई विश्वासको मत दिने कि नदिने भन्नेबारे नेपाल समूहमा शुरु भयो खटपट
खटपटमा केपी ओलीको हात – ‘माधव नेपाल

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्वीरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभार सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com