जापान ओलम्पिक : ‘दलदल’ र ‘भागबन्डा’ खेलमा प्रतिष्पर्धामा !

प्रकाशित मिति: २ श्रावण २०७८, शनिबार १४:४०

सरकारलाई विश्वासको मत नदिने एमाले स्थायी कमिटीको निर्णय 
बिश्वासको मत नदिएपनी स्वास-मतद्वारा सहयोग गर्ने एमानेपाल कमिटीको आश्वासन !

बदलिएन अख्तियार : अहिले पनि ठूलामाथि आँखा चिम्लिने, साना समाउने
अख्तियारलाई मौसमी सरकारी संस्था बनाउने प्रस्ताव, काङ्ग्रेस आए काङ्ग्रेसयार, कम्युनिस्ट आए कम्युनिस्ट प्यार, बाबू अख्तियार !


प्रधानमन्त्री देउवालाई बधाई दिन मोदीको कन्जुस्याइँ
भारतमा काङ्ग्रेस आई,  नेपालमा काङ्ग्रेस भाइ, टाउको दुख्दैन त मोदीलाई !


एमालेले सर्वोच्चको आदेशको विरोधमा देशभर भण्डाफोर अभियान सञ्‍चालन गर्ने
भण्डाफोर अर्थात् गाडी फोर, टाउको फोर, जे जे भेट्छ- त्यो सबै फोर !


एमालेद्वारा कार्यदल भंग, ओलीले भने- सरकारले पार्टी फुटाइदिन सक्छ
जैसी करनी, तैसी भरनी, कर्मको फल भोग्नैपर्छ जसै गरेनी !


ट्विट अर्काइभ गर्न नजान्दा उड्यो प्रधानमन्त्री कार्यालयको अकाउन्ट भेरिफिकेसन र फलोअर्स
ट्विटरलाई थाहा थियो- फलोअरलाई प्रधानमन्त्री कार्यालयमा इङ्गेज गर्न आवस्यक छैन !


आर्थिक लेनदेन, अनैतिक सम्बन्ध र मदिराले प्रदेश १ मा हत्या बढ्दो, एक महिनामा ११ जनाको हत्या
पोस्ट कोरोना  सामाजिक समस्या !


माओवादीलाई सरकारमा सहभागी राउन सत्तारुढ दलका दुई मन्त्रीले दिए राजीनामा
राजिनामा दिने एकहप्ते मन्त्रीले भने- हप्तेरिका !


ओली भेट्न बालकोट पुग्यो महन्थ ठाकुरको टोली
जहाँ जहाँ जान्छौ तिमी, उनी तराई भनी पच्छ्याई रहन्छन् !


ओलम्पिकका लागि जापान जान दलहरुबीच गज्जबको एकता
दलबाट छानिएका प्रतिनिधिले ओलम्पिकमा ‘दलदल’, ‘चाकडी’ र ‘कोटा प्रणाली’ खेलमा प्रतिष्पर्धा गर्ने !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्वीरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभार सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com