अरिङ्गालको झगडा, बारुलाको चोट, वाईडेनको फेसबुक, देउवालाई भोट !

प्रकाशित मिति: ३ श्रावण २०७८, आईतवार १५:०७

‘देउवा प्रधानमन्त्री भएका छन् भन्दैमा म चुप बस्दिनँ’ – श्रवण मुकारुङ
चुपचाप चारआना, हल्ला गरे बाह्राआना !

उपेन्द्र यादव पक्षले माग्यो सात मन्त्री र एक राज्यमन्त्री
जता मल्खु, त्यतै ढल्कु !

‘हतारहतार विश्वासको मत लिनु भनेको एमाले फुटाउने षड्यन्त्र हो’: भीम आचार्य
सिकेको एमालेबाटै हो !

नेपाल पक्षद्वारा स्थायी कमिटी बैठक सार्न ओलीलाई पुनः आग्रह, ओलीले भने – ‘१० बुँदे अनुसार पार्टीमा आएर काम गर्नुस्’
सहमतीको शर्त: मैले जे भन्छु त्यही मान, नमान्ने भए आफैं जान !

ओली सरकारले नियुक्त गरेका ९ जना राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
राजदुत हैन, अब यो सरकारको फुटबल, त्यो सरकारको भलिवल !

देउवाका ज्योतिषीको अर्को भविष्यवाणी –‘आज विशेष कार्य सिद्धिको योग परेको छ’
कार्य सिद्धि सक्यो बाबा, अब के सिद्धिनु छ र !

‘महामारी नियन्त्रणमा असफल भएपछि बाइडेनले हामीलाई बलिको बोको बनाए’ : फेसबुक
वाईडनले बलिको बोकोपनी फेसबुकमै बनाएको हुन्, काटिहाल्दैनन् !

साउन ९ गते काठमाडौंमा युथफोर्सले मार्चपास गर्ने, महेश बस्नेतले भने : ‘कसैले छोए अरिंगाल झैँ जाइलाग्छौँ’
अरिङ्गाल र बारुलाबिच टोकाटोकको खतरा !

माधव नेपाललाई भेटेपछि शंकरले लेखे– ‘उहाँले मान्नु भएन, तीन महिनाको मेहनत खेर गयो’
१२ बर्षको लगानी (गणतन्त्र) त खेर जालाजस्तो छ, तीन महिना !

एमाले स्थायी कमिटी बैठक, माधव पक्ष आज पनि गएन
गएकाहरु पनि ‘ईस्-थाई’ भन्दै फर्किए !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्वीरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभार सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com