अर्थमन्त्रीको ‘होमवर्क’मा सचिवहरुको जवाफ : ‘हिसाब मिल्दैन त हजुर !’

प्रकाशित मिति: ५ श्रावण २०७८, मंगलवार १६:२७

सचिवहरुलाई ‘होमवर्क’ दिँदै अर्थमन्त्रीले भने- ‘शतप्रतिशत नतिजा चाहियो’
अधिकांस सचिवको प्रतिक्रिया : ‘यो त नियामावलीले मिल्दैन हजुर !’ डेमोक्रेसीभन्दा बलियो, ब्युरोक्रेसी !

तिनलाख खोप हरायो : कसले लग्यो ?
ब्ल्याक मार्केटमा खोज्दा थाहा होला कि !

साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्न देउवा–प्रचण्ड सहमत
माओवादी कम्युनिस्ट पार्टी (काङ्ग्रेस) को बाझाबाझ कार्यक्रम !

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, जोगियो संसद
संसद जोगियो, जोगिएन ढुकुटी !

विश्वासको मत पाएपछि प्रधानमन्त्री देउवालाई दिए मोदीले शुभकामना
आप शेर बहादुर तो हम सवा शेर बहादुर !

देउवाले विश्वासको मत पाएपछि माधव नेपालले भने- ‘निरंकुश प्रवृत्तिमा अंकुश’
ओलीले भने- ‘पर्खी बस, फर्की आउँछु ।’

ओली पक्षले भन्यो- ‘देउवालाई मत दिने एमालेमा रहँदैनन्’
देउवालाई मत दिनेले भने- ‘एमाले नभए बिमाले सिमालेमा जाउला !’

देउवाका चुनौती : प्रचण्डलाई मनाउने, ओलीलाई थेग्ने !
आफैंलाई थेग्न सके सबैभन्दा राम्रो !

महन्थ ठाकुरलाई संसद् विघटन पनि ठीक, पुनर्स्थापना पनि ठीक
सत्ताबाट बाहिर रहनुमात्र बेठिक !

ओलीलाई प्रचण्डको चेतावनी : ‘आगोसँग खेल्नु राम्रो होइन’
माया यो आगो हो पोल्छ थाहा छ, आफैंलाई जलाउनु चाहान्न !

प्रधानमन्त्री देउवालाई गगन थापाले भने- ‘बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्नुस्’
कुरो सुन्नु युवाको, काम हेर्नू बुबाको !

व्यक्तिहरुको जासुसी गर्न विभिन्न देशले पेगासस सफ्टवेयर किनेको खुलासा
अझै पोष्ट हान्ने हैन त – What’s on your mind ?

छोटो दूरीमा यातायात भाडा बढेको छैन, बढी असुल्नेलाई ५ हजारसम्म जरिबाना
सरकारले नबढाएपनी गाडीवालाले बढाएका छन् नि ब्रदर !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्वीरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभार सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com