मेमोरी किङको फेकिङ र युट्युबरकाे जोकिङ !

प्रकाशित मिति: १० श्रावण २०७८, आईतवार १२:११

प्रचण्डको गुनासो : ‘मभित्र आतंक छ, क-कसलाई मन्त्री बनाउने !’
कि चाम्रालाई कि हाम्रालाई, कि जुम्रालाई कि झुम्रालाई !


‘एमाले फुटाउन अध्यादेश ल्याए आगो बाल्छौं’: महेश बस्नेत
आफ्नै घर जलाएर !


परीक्षण उडानको तयारीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
परिक्षण उडानको उद्घाटनमा केपी बाले नै त गर्ने होला नि !


अखिल र युथ फोर्स खारेज गर्न योगेश भट्टराईको माग
हतियार खारेज गरेर मतियार कसरी सफल होला र !

ओलीलाई नेपालको व्यंग्य: ‘श्री ५ बडामहाराज खुशी हुनुभयो, हामीलाई आममाफी मिलेछ !’
ओलीको व्यङ्गयलाई भुसालको ड्याङ्ग : ‘ओलीले आत्म समर्पण गर्नुपर्छ !’


रेशम चौधरीलाई रिहा गर्न जसपा सांसद झाको माग
एक रिहाई, सयौं पिराई !


वाचा गरेअनुसार खोप उपलब्ध गराउन नसकेको भन्दै अस्ट्रेलियाका प्रधानमन्त्री मरिसनले मागे माफी
अष्ट्रेलियामा माफि : नेपालमा काफी !


अमेरिका चीन द्वन्द्व: चीनद्वारा अमेरिकी अधिकारीहरूमाथि प्रतिबन्ध
कोरोना भाईरसद्वारा चीन अमेरिका दुबैमाथी प्रतिबन्ध !


शक्तिशाली जासुसी सफ्टवेयर पेगासस स्पाईवेअरको निर्माता भन्छ- ‘हामीलाई होइन, हाम्रा ग्राहकलाई दोष दिनुहोस्’
किन्ने दोशी कि बेच्ने !?


ओलीको ब्यानर छोपेर कम्युनिस्ट नेताको जमघट, माधव नेपालकै पालामा बिजुली गएपछि कार्यकर्ताले सोधे : ‘कतै षड्यन्त्र त भएन कमरेड ?’
बिश्वास गर्छन् यहाँका कमरेडहरु, आफ्नामा हैन अर्कामा !


जोन्सनको खोप नलगाउनुभन्दा लगाएको धेरै गुणा राम्रो : अमेरिकी रोग नियन्त्रण केन्द्र ।
केही नहुन्जेल केही पनि हुदैन 


ओली विक्षिप्त रहेको प्रचण्डको टिप्पणी : बालकोटको बार्दलीमा छटपटाउँदैछन्, यो छटपटाहट धेरै दिन रहन्न
आफ्नो कुरा अर्कालाई, बाहिरका हैन घर्कालाई !

‘मेमोरी किङ’ भनिने बिजय शाही झुठ, अमेरिकी म्याजिसियनले गरे पर्दाफास, युट्युबभरी गालीको वर्षा !
उनैले बढाए, उनैले लडाए

मेमोरी जोकिङले अहिले
लाखौंलाई उल्लु बनाए !
भाईरललाई पत्याई नहाल्नु
भाइलाई अत्याई नहाल्नु !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्वीरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभार सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com