मिश्र सरको कोर्स : विवाद हो कि संवाद, समाधान कि व्यवधान ?

प्रकाशित मिति: १२ श्रावण २०७८, मंगलवार ११:२४

नेपालगन्ज उडि रहेको बुद्ध एयरमा यात्रु बेहोश, काठमाडौ डाईभर्ट गरेर बचाईयाे
कोही कोही धन हुनेको मनपनि हुन्छ क्या !

‘गगन र विश्वप्रकाशहरु दुलो पसिसक्नुभयो’ : विद्यासुन्दर शाक्य
दुलोबाट पसेर प्वालदेखि निस्कनुहुन्छ, धुक्क हुनोस् !

एमालेमा दुई अध्यक्ष बनाएर सहमति जुटाउने कसरत
मिलिजुली खाउँ, लड्दै पढ्दै जाउँ !

कोभिड खोपका प्रखर विरोधीको कोभिड-१९ कै कारण मृत्यु
नपत्याउने काेविडले बिताउँछ !

कुटाइ खाने श्याम घिमिरे भन्छन्– ‘काँग्रेसमा जंगबहादुरभन्दा बढी सामन्ती छन्’
जोसँग सामान बढी छ उ सामान्ती भैहाल्यो नि !

चिनियाँ नेतृत्वविरूद्ध ‘बद्नाम’ नगर्न बेइजिङद्वारा अमेरिकालाई आग्रह
चाईनिस भाषा नबुझ्नेलाई चाईनिज शैलीले बुझाईदिने !

अभिभावकलाई अनलाइन कक्षामा लगानी डुब्ने डर : पढ्ला भनेर ऋण गरेर डिभाइस किन्दिए, के के हेर्छ, पढाईमा ध्यानै छैन
डिभाईस हैन, डुबाईस् ! अनलाईन हैन, यौनलाईन !

‘भीष्म पितामह’लाई साथ नदिएका जसपाका ‘अर्जुन’ अर्थात् रेशम चौधरी, कवितामै भने : ‘क्षमा होइन, न्याय देऊ, श्रीमान्’
रेसमकाे सांसद पद सबैलाई चाहिने, रिहाई कसैलाई नचाहिने ! क्या हो यस्तो !

डा. बाबुराम भट्टराई भन्छन् – ‘संघीय लोकतान्त्रिक गणतन्त्रविरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूतमात्र हुन्’
एक्लै दुक्लै भेट्यो भने भुतले पनि भुत्ल्याउँछ नि डाक्टर सा’ब !

प्रेमिकालाई सुत्केरी गराउन अस्पताल पुगेका युवा बलात्कार आरोपमा पक्राउ
मन मिलुन्जेल चमत्कार, नमिले बलात्कार, कस्तो बेकार !

रवीन्द्र मिश्रको संघीयता खारेजी, धर्मबारे जनमत संग्रह प्रस्ताव विवादमा
विवाद गर्नपर्ने बिषय हो कि सम्वाद ? समाधानको उपाय हो कि व्यवधानको ?

आदिवासी जनजाति महासंघले गर्‍यो विरोध रवीन्द्र मिश्रको भनाई
मिश्रले भनेनन्- ‘बिबिसी लण्डनको नेपाली सेवाबाट नमस्कार ! विबेकशिल साझाको सामान्ती सेवाबाट तिरस्कार
!

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्वीरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभार सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com