विजय शाहीको पराजयी आईडिया, अब घरपालुवाका घाँटीमा स्मार्ट फोन !

प्रकाशित मिति: १३ श्रावण २०७८, बुधबार १२:१८

कार्यदल सदस्यहरुले भने– ‘माधव नेपाल विनाको एकता हुन्न’
ओलीले भने : ‘माधव नेपालबिनाको एकता आवश्यक छ !’

सुशासनको आँखामा ओलीको कार्यकाल : भन्ने एकथोक, गर्ने अर्कै
‘भन्ने एकथोक, गर्ने अर्कै थोक’- यो त लाजनीतिको मुल नारा नै हो नि !

‘दलभित्रको कचिंगलसँग लड्दै हिंडेको प्रधानमन्त्रीले यहाँभन्दा बढी कति नै गर्न सक्थ्यो र !’ – विष्णु रिमाल
प्रधानमन्त्री भएपछि दलभन्दा माथी उठेर  देशको कचिंगलसँग लड्नु पर्थ्यो नि !

‘देउवाले केही गर्छन् कि भन्ने थियो तर आउनेबित्तिकै शैक्षिक माफियालाई मन्त्री बनाए’: डा गोविन्द केसी
यसलाई भनिन्छ ‘नेपलिज पोलिट्रिक्स’ नामको फिल्ममा हिरोको धमाकेदार एन्ट्री !

महिला हिंसा भारत: जिन्स लगाउँदा १७ वर्षीया युवतीको आफ्नै परिवारले गर्‍यो हत्या
सबैभन्दा ठूलो प्रजातन्त्रमा महिला भएपछि जिन्स लगाउँदा पनि नलगाउँदा पनि सधैं मारिने डर हुँदाे रहेछ !

विश्वको जनसंख्या भन्दा बढी डाउनलोड हुने एप बन्यो ‘युट्युब’
युटुबको नयाँ आइडिया : अब हरेक घरपालुवा कुकुर र बिरालाका हातमा पनि स्मार्टफोन !

‘राजनीतिक वितृष्णाले कविता लेखायो’ : गुरुराज घिमिरे
नेपालमा कहिलेदेखिको राजनीतिक वितृष्णा, हरेक दिन कति कविता लेखिन्छन् होला !

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन कुराकानी
देउबाको बोल्ने शैली र अमेरिकी लवज उस्तै भएकाले एकअर्काको कुरा बुझ्न सजिलो भएको रिपोर्ट !

मृत्यु भएको खबर सार्वजनिक भएपछि प्रहरीले खोज्दा कालिकोटमा भेटिए विजय शाही
मेमोरी किङको बिडम्बना : कालिकोट कसरी पुगे उनलाई आँफै याद भएन !

अमेरिकी र्‍यापरले किन्‍न लागे बृहस्पतीभन्दा डेढ गुणा ठूलो ग्रह !
अन्तरिक्षयात्राी जेफ बेजोसलाई उछिन्न बिल गेट्सले र्‍याप करियर सुरु गरे कि क्या  हो !


बालुवाटारमा सत्ता गठबन्धनको बैठक, माधव नेपाल पक्ष पनि सहभागी
ओलीको छाँयादेखेपछि नेपालले भने- ‘यहाँ पनि अपमान भयो ! सम्मान पुगेन !’

खोप लगाउन होइन, लगाएको प्रमाण लिन मध्यरातदेखि लाइनमा
नेपालमा आयो भाईरस नेगेटिभ देखाउने प्रमाणपत्र !

गण्डकी र लुम्बिनी प्रदेशका प्रमुख गुरुङ र शेरचन एउटै गाउँवासी 
संघीय गणतन्त्रकाे भाग्यमानी गाउँ !

प्रधानमन्त्री र अमेरिकी सेक्रेटरी अफ स्टेटबीच टेलिफोन वार्ता
नेटवर्क कमजोरीका कारण सम्झौता अन्योलमा !

इनार खन्दा श्रीलंकामा भेटियो झन्डै १२ अर्बको नीलमणि
श्रीलंकाको निलमणीको आधा हिस्सामा  कमेडी च्याम्पियनका भरतमणीको दाबी !


भरूवा बन्दुकसहित वडा सदस्य पक्राउ
हात्म रक्षाकालागी बन्दुक बोकेको स्पस्टोक्ती !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्वीरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभार सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com