मन्त्रालय फोडौँ, मन्त्री थपाैँ, आफ्नो तनाव घटाउँ, देशको तनाव बढाउँ !

प्रकाशित मिति: १४ श्रावण २०७८, बिहीबार १४:१९

फेरि ‘प्लास्टिक प्रतिबन्ध’ घोषणामै रोकियो
घोषणा र कार्यान्वयन बीचको फरक नै यही हो, खै बुझ्या !


चिनियाँ प्रधानमन्त्रीले देउवालाई भने : ‘हामी एउटै डुङ्गाका यात्री हौं’
नेपालका डुंगा साना हुन्छन्, धेरै यात्री भए भने पल्टिन सक्छ !


सरकारमा जानेबारे माधव नेपालको लाइन- ‘एक साता हेरौँ’
यसबारे अरु समाचार बनाउने पत्रकारहरुको लाइन – ‘एक साता हेरौँ ‘


गोरखामा सम्बन्ध विच्छेदका मुद्दा बढे 
न्याय चाहिए साँचै गोर्खा जान थाले कि के हो !


‘रवीन्द्र मिश्रको दस्ताबेज राजतन्त्र ब्युँताउने मार्ग’ : मिलन पाण्डे
विवेकशील ‘साझा’ हो, राजालाई पनि सामेल गराउँदा केही हुन्न !


सेनाको ‘जागिर छोडेका’ र पूर्वलडाकुले बनाए एसएमजी राइफल देखाएर सुन पसल लुट्ने योजना
राइफल भएका सेना र पुर्वलडाकु भएपछि त बैंक नै लुट्ने योजना बनाउनु नि !


प्रचण्ड र उपेन्द्रलाई देउवाको आग्रह : ‘मलाई अप्ठ्यारो भैसक्यो, मन्त्रीको नाम चाँडो दिनुस् !’
धैर्य गर्नुस् न, जनतालाई अप्ठ्यारो भएको बर्सौं भैसक्यो !


भारत जाने मजदूर भन्छन् : ‘रोगभन्दा भोकको चिन्ता भयो’ 
लु, रोगको बारेमा केही गर्ने सकिएन, भोकको चाहिँ भारतले केही गरोस् !


आफ्ना समर्थकलाई मात्र सुटुक्क खोप दिएको भन्दै राति सवा नौ बजे विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलाई टोलबासीले लखेटे
राती सुत्ने बेला लखेट्न गए भनेपछि धेरै रिस उठेको रहेछ, झ्वामदेवको ध्यान गर्दै थिए होला !


सबै जना मन्त्री बन्न खोजेपछि शीर्ष नेताहरुलाई तनाव
मन्त्रालय थपौं, सबलाई मन्त्री दियौँ, तनावमुक्त हौँ !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्वीरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभार सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com