पहुँचदार भ्रष्टाचारी आममाफीमा पर्ने देश नेपाल हो भने खर्बपतिपनि जेल जाने मुलुक कुन हो ?

प्रकाशित मिति: १५ श्रावण २०७८, शुक्रबार १३:४५

‘कोरोना खोप लगाउनेलाई १०० डलर दिने अमेरिकी राष्ट्रपति बाइडनको घोषणा’
नेपालमा भएको भए १०० रुपैँयाले टार्थे ! 


सुदूरपश्चिममा पहुँचवालाले खोप लगाउँछन्, सर्वसाधारण लाइन लागेर फर्किन्छन्
पहुँचवालाले सजिलै खोप लाउन पाउने रहेछन्, तिनीहरुलाई चाँहीं लाइनमा पर्खाउँदा कसो होला ?


माधव नेपाललाई भेटेर सुवास नेम्वाङले भने- ‘तपाईं र ओली कुरा गर्नुस्’
ओली प्रधानमन्त्री रहेनन्, आममाफी पनि दिईसके, नेपाल पक्ष सरकारमा नजाने रे, अब मन मिल्नेगरी कुरा हुन्छ ! 


भीमफेदी कारागारका ३५५ कैदीबन्दीलाई कोरोना संक्रमण
‘बन्दी’हरुले त कोरोना पक्कै फैलाएको होइन !


उखु किसानद्वारा फेरि राजधानी केन्द्रित आन्दोलनको घोषणा 
नयाँ सरकारले केही फरक गर्ला भन्ने आसले !


‘चुनावमा एमाले र माओवादी मिल्ने सम्भावना छ’ : युवराज ज्ञवाली 
एमाले आँफै मिल्न सकेको छैन, नयाँ नेकपाको सपना कसरी देख्न सक्या होला !


चीनमा आलोचक अर्बपतिलाई १८ वर्ष जेलसजाय
चीनमा मात्रै होला पैसावालले पनि जेलसजाय भोग्नुपर्ने !


‘चलचित्र क्षेत्रका लागि ‘आर्थिक राहत’को माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र’
भविस्यमा यही घटनालाई आधार बनाएर एउटा चलचित्र कन्फर्म बन्छ, बाजी हान्ने हो ?


‘कोरोनाविरुद्धको खोप लगाउन नमान्नेहरु अत्यन्तै स्वार्थी’ – बेलायतका क्याबिनेट मन्त्री माइकेल गोभ
आफ्नो स्वार्थको लागि अरुलाई जोखिममा पार्नेबारे बेलायती बाहेक अरु कसलाई थाहा होला र !


ओलीसँग भेट्न नेपालको ‘आनाकानी’
घृणा कि लाज कि डर ?

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्वीरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभार सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com