गीतमा विवाद आएको हो कि विवादमा आउन गीत गाएको हो ?

प्रकाशित मिति: १६ श्रावण २०७८, शनिबार १७:२८

अर्काको नाममा मौखिक परीक्षामा सामेल भएका ४ जना पक्राउ
आफ्नो ठाउँमा नक्कली परीक्षार्थी पठाउनेहरु नै हुन्, पछि गएर घुसखोर प्रहरी हुने !


हेल्मेट नलगाएका पूर्वयुवराज पारसले प्रहरीलाई थर्काए, ‘सम्झाएर’ छोड्यो
प्रहरीले सिकुन् , दलबदलुहरुले, युवराज भएपनि नभएपनि कहिल्यै नबद्लिने, यस्ताे पाे अडान !


श्रीपेच लगाउने शीरमा हेल्मेट सुहाउँदैन भन्दै पारसको समर्थनमा टायर बाल्ने प्रयत्न
टाउको हुनुपर्ने जिउमा बिना टाउको नसुहाएजस्तै हेल्मेटको काम श्रीपेचले गर्ला र !


अवैध रुपमा मदिरा उत्पादन गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ 
अरु चिनियाँ मालजस्तै रक्सी पनि कम टिकाउ हुन्छ भनेर हो !


‘नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न सकिन्न ।’ -ईश्वर पोखरेल
ओलीले आफैँ नेपाललाई दोस्रो दिन तयार भएको भन्थे त ! ईश्वरका कुरा पत्याउने कि नश्वरका !


फेरि विवादमा दुर्गेश थापाको ‘तीज गीत’
अब त गीत विवादमा आएको भन्दापनि विवादमा आउन गीत निकालेको जस्तो भयो
 

नेपालमा कालोबजारीमा कोभिशील्ड बेच्न थालिएको आशङ्का, प्रहरीले बढायो ‘निगरानी’
सित्तैमा आउँदै छ त, किन खोपको पनि कालोबजारी गर्नु पर्‍यो !


पाकिस्तानमा हिन्दू युवकले गरे बाख्रासँग बिहे, अनौठो घटनापछि खोजी गर्दै प्रहरी
सबै प्राणीलाई माया गर्नुपर्छ तर यो लव म्यारिज हो कि अरेन्ज्ड म्यरिज हो !


आफूलाई गृहमन्त्री बनाउनका लागि प्रधानमन्त्रीलाई प्रस्ताव गर्न नारायणकाजी श्रेष्ठले प्रचण्डलाई हैरान पार्नेगरी दिए दबाब 
प्रचण्डको दिमागभित्र आतंक छ, कृपया उनलाई हैरान नपारौँ !


‘धार्मिक-सामाजिक द्वन्द्व निम्त्याउन षड्यन्त्र गरेकाले डा.भट्टराईलाई तत्काल गिरफ्तार गरी कारवारी गरियोस’- डेमोक्रेट युनियन
BRBले ट्विट गरेरै अर्को द्वन्द्व निम्त्याउने भए !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्वीरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभार सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com