तुईन काटेर मान्छे मारिएपछि मोदीले भने : ‘नेपाल, भुटान, मालदिभ्स सु:ख दु:खका साथी हौँ !’ तर कस्तो साथी क्या ?

प्रकाशित मिति: १७ श्रावण २०७८, आईतवार १५:२१

नेपालप्रति ओलीको आक्रोश: ‘यस्ता प्रतिक्रियावादीका मतियारका लागि पार्टीमा ठाउँ छैन’
प्रधानमन्त्रीको पद गुमेको आक्रोश हो कि माधव नेपालप्रतिको आक्रोश, मनोविज्ञहरु अन्योलमा !


ओलीलाई फेरि पनि प्रधानमन्त्री बन्न जालझेलको प्रयास नगर्न माधव नेपालको चेतावनी
फेरी जालझेल गरेर प्रधानमन्त्री बन्ने खालको देश पनि पर्‍यो !


‘ओलीले अध्यक्षबाट राजीनामा दिए पार्टी एकता हुन्छ’ : रामकुमारी झाँक्री 
अध्यक्षबाट राजीनामा दिएपनि पार्टीमै रहने होला त, कसरी हुन्छ एकता ! 


अमेरिकाबाट क्यानडा गएका दुई जनाले दिए कोरोना खोप लगाएको झुठो विवरण, तिर्नु पर्‍यो २३ लाख रुपैयाँ जरिवाना
अमेरिकामा झुटो बोल्नु, क्यानाडाजस्तो भद्र बोली भएकाहरुको देशमा हैन !


‘आज बालुवाटारमा पुगेको नेतालाई ज्योतिष सफल देखाउनु छ, जनता हैन’: नारायण वाग्ले
ज्योतिषले सातपटक प्रधानमन्त्री बन्ने लाभ देखाएपछि सफल देखाउन खोजिहाल्छन् नि !


पूजाको प्रसाद खाँदा २८ जना बिरामी
प्रसादमा समस्या हो कि पूजामा केही नपुगेको हो भगवान ?


नेपालसहित भुटान, माल्दिभ्स, मरिससलाई मोदीले भने– ‘हामी सुख–दुःखका साथी हौँ’
नदी पार गर्नुअघि सु:ख थियो, तुइन काटेपछि दु:ख भयो, भैहालियो नि सुख-दु:खका साथी !


गायकहरुलाई भगवान भण्डारीको आग्रह–‘आफू मर्दा बजाउन सकिने गीत त गाउनुहोस्’ 
भगवानको बाणी सुनौं, मनन गरौं !


अफगानिस्तानका प्रमुख तीन सहर कब्जा गर्ने तालिबानको प्रयास
तालिबानको बारेमा एउटा राम्रो कुरा : दाउ छोपेर बसेको तालिबानको धैर्यता प्रशंसनीय छ 


ठमेलका व्यवसायीलाई न गरिखानु, न छोडीजानु
के गर्ने ? अरु ठाउँका व्यवसायी जस्तो तरकारी पनि बेच्न ठमेलको छविले दिदैँन !


महाकालीमा तुईन काटेर भारतीय सुरक्षाकर्मीले गरे एक नेपालीको हत्या
तुईन काटेको होईन, मान्छे काटेको हो । मान्छेमात्र मारेको हैन, मानवीयता मारेको हो ! कुछ तो शरम करो मोदीजी ! सबकुछ भ्रम मत करो योगी जी ! 

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभार सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com