कोरोना बढ्यो, ‘तपाईंको मास्क खै ?’ ‘श्वास फेर्न गार्हो हुन्छ !’

प्रकाशित मिति: १९ श्रावण २०७८, मंगलवार १८:३२

माधव नेपाललाई प्रचण्डले भेटे, ओलीले पनि भेट्ने तयारी
भेटवार्ता – माधव : ‘तपाईं अध्यक्ष छोड्नुस्’, ओली : ‘तपाईं पार्टी छोड्नुस्’ 


एकपक्षीय रुपमा अघि बढे ओली, एकता प्रयास भाँड्न खोजेको नेपाल समूहको आशंका
एकता प्रयास भाँड्न खोजेको भन्दा पनि माधव नेपाल बिनाको एकता खोजेका होलान् !


‘सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ’ : अर्थमन्त्री शर्मा
सरकारको आलोचना नभएसम्म !


आँशुबाट पनि कोरोना सर्न सक्ने !
कोरोनाको मारले रुँन पनि नपाईने भो !


सरकारले प्रहरीलाई किन्नै दिँदैन हेलिकोप्टर ! आपत्‌कालीन उद्धारमा सधैं सकस 
हेलिकप्टरको आवश्यकता प्रहरी भन्दा बढी राष्ट्रपतिलाई छ नि त !


पानी नपस्ने पहिलो रेड्मी फोन आउँदै, के के छन् फिचर ?
पानी नपस्ने फिचर छ !


महेश बस्नेतको युथ फोर्स र साइबर सेना ‘अवैधानिक’, एमालेभित्रैबाट विरोध
अखिल फोर्सचाहिँ कुन विधानको आधारमा बनाएको हो त ?


कोभिडको संक्रमण दर पुनः बढेपछि सुर्खेतमा ‘तपाईंको मास्क खै ?’ अभियान‘
तपाईंको मास्क खै ?’ अभियानको विरोधमा ‘सास फेर्न गार्हो हुन्छ’ अभियान सुरु । 


‘अल्पमतको सरकार, बहुमतको विपक्ष हुने सम्भावना छ’ : दीपकुमार उपाध्याय 
बहुमतको सरकारबाट आस मरेपछि अब आस अल्पमत कै सरकारबाट छ !


तुइनबाट तर्नेको नुन–तेल पनि खोस्छन् एसएसबी
रोटी-बेटीको नाता पो हो त, नुन-तेलको होइन क्यारे !


कोरोना बढ्यो, अस्पतालमा नर्मल तथा आईसियु बेड अभाव !
सहज उपचारको माग गर्दै युथफोर्स, अखिल फोर्स, साईबर फोर्सले  आन्दोलनको आँधी भेरी ल्याउने !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभार सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com