एटिएमबाट पैसाको साटो तरकारी दिदै बैंकहरु : महामारीको असर !

प्रकाशित मिति: २८ श्रावण २०७८, बिहीबार १९:२१

माओवादी सांसदको प्रश्न : ‘कुलमान बुढो भएपछि सरकारले के गर्छ ?’
सरकारले के गर्छ थाहा छैन तर जनताले चाहिँ अर्को कुलमानको आस गर्छन् !

प्रधानमन्त्रीलाई गगन थापाको प्रश्न : ‘मन्त्रिपरिषदलाई पूर्णता किन नदिएको ?’
किनकी प्रधानमन्त्री व्यस्त छन् !

‘अघिल्लो सरकारको पालामा ९७ लाख मात्र खोप आएको हो’ : स्वास्थ्य राज्यमन्त्री
जसको पालामा आएपनि खोप लाउन पाउने नेपाली जनताले नै हो, अझै ल्याउँ न !

‘श्वेतपत्रमा अघिल्लो सरकारप्रति पूर्वाग्रह राखिएको छ’ : पूर्वअर्थमन्त्री पौडेल
नयाँ सरकार आएपछि अघिल्लो सरकारमा ‘विश्वास’ त पक्कै राखिन्न होला !

ओलीलाई यादवको आग्रह- ‘संसद्‌मा नआई राजीनामा गर्नुस्’
ओलीली राजिनामा दिदैँनन्, संसद्‌मा नआई त झनै दिदैँनन् !

१३ वर्षमा आमा बनेकी बालिकालाई न परिवारले हेर्‍यो न प्रशासनले देख्यो
परिवारले त हेरेन भने प्रशासनले झन के देख्ला र ?

‘केपी सुध्रिन्छन् कि भन्ने थियो, अब त एकता भनेर लागेका साथीहरू पनि छ्याङ्ग हुनुभयो होला’ – विरोध खतिवडा
एकता होला जस्तो छैन, नयाँ पार्टी खोल्न नि मन छैन, के गर्ने ?

बैंक अफ काठमाण्डूको मनपरी : ग्राहकले अनुरोध नै नगरी एटीएम बनाउँदै पैसा असुल्दै
महामारीले गर्दा बैंकहरुलाई नि गार्हो भएजस्तो छ, एटिएम अगाडि तरकारी बेच्न थाले भो !

स्वास्थ्य राज्यमन्त्री र सांसदबिच सवाल जवाफ : खोप दुरुपयोग गर्नेलाई कारवाही गर्ने चेतावनी
कोरोनाको खोप दुरुपयोग भनेको लागु औषधको रुपमा प्रयोग गर्ने हो ? झ्याप लाग्ला र ?

‘शिक्षामन्त्री नियुक्त नहुनु भागबन्डा नमिलेर हो कि के हो ?’ – कोमल वली
उत्तर थाहा हुँदा हुँदै प्रश्न किन सोध्नु पर्‍यो र ?

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com