प्रधानमन्त्रीको प्रश्न- ‘क्रिकेट किन छाड्नु भो ?’ किनकी सभापतिको कुर्सी ओगटेजस्तो नहोस् भनेर !’

प्रकाशित मिति: ३० श्रावण २०७८, शनिबार १९:५८

‘पार्टी एकताका लागि अन्तिम पर्खाईमा छौं’ : माधव नेपाल
नत्र चिसै पानीले नुहाउने !


पारसलाई प्रधानमन्त्रीको प्रश्न : ‘क्रिकेट किन छाड्नुभयो’ ?
जवाफ : ‘तपाईंले सभापतिको कुर्सी ओगटेको जस्तो नहोस् भनेर !


‘पार्टी एकता गर्‍यौं तर प्रचण्डले ढाडमा टेकेर टाउकोमा हान्ने नीति छोड्नुभएको रहेनछ’: शंकर पोखरेल
शंकर पोखरेलले पनि ओलीवादको नीति छोड्नुभएको रहेनछ !


पाकिस्तानी स्वतन्त्रता दिवसका दिन भारतले ‘विभाजन विभीषिका स्मृति दिवस’ मनाउने
अब यसलाई दुश्मनी भन्ने कि मित्रता भन्ने ? 


‘प्राधिकरणको दोस्रो कार्यकालमा खुसीभन्दा बढी चिन्तित छु’ : कुलमान
काम गर्न दिए भने त चिन्ता लिनै पर्दैन नि !


तालिबानी कब्जाको त्रासले संवेदनशील कागजात र सामग्री नष्ट गर्दै काबुलस्थित अमेरिकी राजदूतावास
अगुल्टोले हान्ने अमेरिका तालिबानको चम्किंदा तर्सिन्छ !


छोराछोरी तह लगाउन कि बिहे कि विदेश? 
तिनै छोराछोरीले विदेशबाट ‘प्यारेन्टिङ’को विचारधारा लिएर आउलान् अनि अर्को पिंढीलाई तह लाउन त्यति गार्हो नपर्ला ! 


लन्डनमा आमरण अनसन बसेका भूपू गोर्खाको मागप्रति बेलायत सरकार अझै मौन
बेलायती साम्राज्यमा नेपाल कहिलै राख्न सकिएन भन्ने रिसले हो ? 


‘पार्टीमा पाका र अधबैँसे पुस्ता मात्र होइन, तन्नेरी पुस्ता पनि चाहिन्छ’ : एमाले महासचिव ईश्वर पोखरेल 
खासमा चाहिने भनेको तन्नेरी पुस्ता मात्र हो, सायद अधबैँसे पनि, तर पाका चाँहीँ पक्कै होइन ! 


‘जिरो फिगर’ बिग्रिने डरले सरोगेसीबाट बच्चा जन्माउन चाहन्थिन् करीना कपुर 
प्राथमिकता ठीक ठाउँंमा छ करीनाको !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com