पात झरेको हो कि रुख मक्किएको हो ?

प्रकाशित मिति: १२ भाद्र २०७८, शनिबार १९:४५

प्रधानमन्त्रीले सोध्नुभयो भने सरकारबारे निर्णय गरौंला : महन्त ठाकुर
नवगठित पार्टीबाट प्रधानमन्त्रीलाई केही आस छ जस्तो लागेन !

सीमा क्षेत्रमा नेपालीले दिनहुँ भोग्छन् हैरानी, गृह मन्त्रालय चूँसम्म पनि बोल्दैन
नेपाली गृह मन्त्रालय नबोलेसम्म भारतीय गृह पनि बोल्दैन !

वाइसीएललाई प्रचण्डले भने : तपाईंहरु तयार नहुँदासम्म मैले सुख पाउने छाँट छैन
प्रचण्डको सुख वाइसीएलको हातमा : नयाँ उखान निस्कियो त !

पार्टी एकता गरेर ओलीले प्रधानमन्त्री पाए, मैले ज्ञान : प्रचण्ड
ज्ञान बाँड्यो भने बढ्छ रे, बाँड्ने हैन त ?

माधव नेपालले सांसदहरुलाई देउवाको पाउमा चढाउँदैछन् : महेश बस्नेत
समाजबादीले जे गरेपनि एमालेलाई केको चिन्ता ?

माधव नेपाललाई ‘पात’को संज्ञा दिँदै ओलीले भने – एक-दुई पात पहेंलिएर खस्दैमा रुख ढल्दैन
आफुलाई चाँही हरियो पात भनेको कि रुख भनेको ?

एक कार्यकाल भन्दा बढी अध्यक्ष पदमा बस्दिनँ : माधव नेपाल
बल्ल बल्ल पाएको अध्यक्ष पनि छोड्ने हो त ?

एप्पलका सीईओ टिम कुकले पाए झण्डै ८९ अर्ब बोनस
सीईओलाई केको बोनस ? एप्पलको सीईओ हुनु नै बोनस हो !

युवतीले किन गरिन् आफैंसँग बिहे ?
आँफैसँग बिहे गर्दा सम्बन्ध बिचछेद हुन्न भनेर !

इंग्ल्याण्डसँग भारतको लज्जास्पद हार
इतिहास् दोहोरिएपछि…

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com