डियर पिएम पढेको कलेज !

प्रकाशित मिति: २१ भाद्र २०७८, सोमबार २०:१९

‘चुनावपछि एमाले फेरि सत्तामा फर्किन्छ’: प्रदीप ज्ञवाली
फेरि सत्तामा फर्कियो भने इतिहास पनि दोहोरिएला नि त !

मोदीको पुत्ला जलाउँदा गृह मन्त्रालयको आपत्ति
नेपालको गृह कि भारतको गृह चाँही प्रस्ट नभएको !

एमाले अध्यक्ष ओली नेपाल–भारतबीचको फुटबल हेर्न रंगशालामा
अर्को भाषणमा राजनीतिलाई फुटबलजस्तै भन्ने आँकलन !

खुले सिनेमा हल : तर छैन फिल्म अनि पुगेनन् दर्शक
खोल्दा नि दु:ख, नखोल्दा नि दु:ख !

त्रिचन्द्रमा विद्यार्थीको प्रदर्शन : ‘डियर पीएम तपाईं पढेको कलेजको पुनर्निर्माण कहिले ?’
‘कांग्रेस पार्टीको पुनर्निर्माण पछि’ – डियर पीएम

‘मन्त्रिपरिषद् विस्तार गर्दा सरकार नै ढल्ने डर छ’ : सुवास नेम्वाङ
आफ्नो सरकार होइन क्यारे, ढलोस् न !

माधव नेपालको विद्यार्थी नेताले जलाए गृहमन्त्री खाँणको पुतला, एमसीसीको विरोध गर्दै च्याते गृह मन्त्रालयको विज्ञप्ती
अब कुन मन्त्रालयले आपत्ति जनाउने ?

‘सरकारले एकपछि अर्को गलत निर्णय गर्न थाल्यो’ : गगन थापा
आस गरौँ , अर्को सरकारले अहिलेको सरकार जतिको मात्र गलत निर्णय गर्नेछ !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com