एमसिसीबारे प्रधानमन्त्री : बुझेका बोल्ने, नबुझेका नबोल्ने, बुझेर बुझ पचाउनेचाहिँ के गर्ने ?

प्रकाशित मिति: २२ भाद्र २०७८, मंगलवार १९:१०

ओलीले भने – कांग्रेसले लड्न आँट गरेको छैन, माधव नेपालको प्युसो
चुनावपछि प्युसो को रुप फेरिन्छ होला नि त !

टिकटक बन्यो सबैभन्दा धेरै समय हेर्ने भिडियो एप, युट्युबलाई पछि पार्‍यो
चीनले बनाएको एप हो, अमेरिकाको युट्युबलाई पछि पार्नु नै थियो !

शतप्रतिशत अकुपेन्सीमा देशैभर नखोलेसम्म उपत्यकाका हल नखोल्ने चलचित्र संघको निर्णय
फिल्म र दर्शक दुबै नभएपछि नखोल्ने बाहना त हो नि !

देउवाकै गृह जिल्लामा वडा सभापतिकै क्रियाशील सदस्यता खारेज, विरोधमा खौरिए कपाल
आफ्नो क्रियाशील सदस्यताको मृत्‍यु भएको संकेत गरेको ?

एमाले विभाजनले मुलुक अस्थिरतातर्फ, माधव नेपाल पार्टीमा फर्किए क्षमादान : पाण्डे
पार्टीमा फर्किने बढी ज्ञानी कि माफी दिने ?

कांग्रेसले जन्मायो एमालेको ‘साइबर सेना’जस्तै संगठन, ‘वार रुम’बाट विपक्षीको प्रहारको प्रतिवाद गर्ने
दिन प्रतिदिन देउबा सरकार ओली सरकारमा परिणत हुँदै गरेको कुराको प्रतिबाद गर्न पाइन्छ ?

एउटै कक्षा कोठा, महिला र पुरुष विद्यार्थीबिच पर्दा : तालिवान शासनमा यसरी हुँदैछ पढाई
किन ? हतियारबादी बजेटले छुट्टै कक्षाकोठा उपलब्ध गराउदैँन ?

वाइसीएलले दुर्गेश थापा र भिटेनलाई भित्राउने
वाइसीएलले अर्को क्रान्ति सुरु गर्नै आटेको हो त ?

सांसदलाई देउवाको निर्देशन : एमसीसीबारे बुझेकाहरु बोल्नुस्, नबुझेका नबोल्नुस्
बुझेर पनि नबोल्नेहरुको लागि के अफर छ डियर पीएम ?

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com