बाल दिवशको प्रसँग

प्रकाशित मिति: २९ भाद्र २०७८, मंगलवार १२:०३

– केशवराज गजुरेल 

आज अन्तराष्ट्रिय बाल दिवस । सबै बालबालिकाहरुलाई शुभकामना छ । शुभकामना यस मानेमा कि सधैं पारिवारिक आत्मियता जोडून्, निष्ठुरी र निर्दयी बन्न छोडुन् भनेर हो ! पढ्नमा धेरै जान्ने बनुन्, बाबु-आमालाई मान्दै नमान्ने नबनुन् ! आमा-बुबा, गुरु र अग्रजहरुलाई सुन्ने गरुन्  । सुन्ने र उडाउने होइन, मनमा गुन्ने र अरुलाई पढाउने गरुन्   ! 

आमाले काम अह्राउँदा नसुनेझैं उता नफर्किउन्, दोहोर्याएर भन्दा जरक्क नजर्किउन् ! अभिभावकलाई प्रेमले मानुन्, बाउ-आमा पनि केही जान्दछन् भन्ने ठानुन् ! फेसबुक, टिकटकले दिमाग नखाओस्, तिनका मस्तिस्कले राम्रा बिचार पढ्न पाओस् ! सबैसँग मिठाे बोली बोलुन्, झुठाे कहिल्यै नाबोलुन् । मनका कुरा खोलुन् ! रातमा समयमा सुतुन्, बिहान सबेरै कर्ममा जुटुन् ।  यतिमात्र गरेपनी धन्य हुनेछन्, प्रगति र प्रशंशाले गगन छुनेछन् ! 

आजकलका बालबालिका धेरै जान्नेछन् । उनकै अगाडी दिएको अर्तीलाई  गाली सम्झन्छन् ! आज बाल दिवसको अवसरमा मौका पाइयो, छड्के सल्लाहले थप्पड लाइयो ! खाए औषधि नखाए बिष,  दुवै नखाए तिमीहरु नै ठिक ! शुभकामना दिन चाहिं छोडिन्न ! शुभकामना।।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com