पार्टी फुट्दै गर्छ, सरकारमाचाहीँ जाँदै गराैँ !

प्रकाशित मिति: २९ भाद्र २०७८, मंगलवार २१:३२

सभामुखप्रति हाम्रो आशंका कायमै छ : सुवास नेम्वाङ
एमाले हुनु भनेको नै आशंका र अवरोध कायम राख्नु हो नि !

खर्च कसरी चल्छ ? देउवाको जवाफ : हिजो जसरी चल्याथ्यो, त्यसैगरी
प्रधानमन्त्री बोलेको हो कि साधारण नेता ?

दीपक मनाङेले सम्पत्ति विवरण नबुझाएकोप्रति एमाले सांसदले मागे जवाफ
सम्पत्तिको श्रोत आँफै बुझेको भए पो बुझाउछन् त विवरण !

तालिबानले महिलालाई पढ्न दिने, पुरुषसँग एउटै कक्षामा बस्न भने नदिने
विकास त भएको हो…तर आदि मात्र !

प्रचण्ड राम्रो सम्धी, ससुरा, ज्वाइँ भए पनि धोकेबाज नेता हुन्: ओली
यसबाट जनताले ‘जस्तो नराम्रो नेतामा पनि राम्रा गुण हुन्छन्’ भन्ने पाठ सिक्न सक्छन् !

मापसे परीक्षण गर्दा भक्तपुरमा प्रहरीलाई दुर्व्यवहार, एकजना पक्राउ
रक्सी खाएको तालमा प्रहरीलाई दुर्व्यवहार गरेको हो भने त छुट दिनुपर्छ !

उत्तर कोरियाले मिसाइल परीक्षण गरेपछि अमेरिकाले भन्यो, ‘वार्ताको ढोका खुल्ला छ’
तर ‘उन’को मुख बन्द छ !

घानाकी एक महिलाले श्रीमान् ‘कुरूप’ भएको भन्दै पूर्व प्रेमीमार्फत् सन्तान जन्माइन्
यस्तो पो हुन्छ त परिवार नियोजन भनेको !

ईष्ट ईण्डिया कम्पनीभन्दा पनि खतरनाक एमसीसी : हरिभक्त कँडेल
गोर्खालीहरुले हराइहाल्छन् होला नि ईष्ट ईण्डिया कम्पनीभन्दा पनि खतरनाक एमसीसीलाई !

उपेन्द्रलाई पार्टी फुट्ने चिन्ता, यसकारण गएका छैनन् सरकारमा
पार्टी फुट्दै गर्छ, सरकारमा जाँदै गर्ने नि !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com