मुड्की छोडेर औंलातिर : ओलीको कान्छी औंला, माधवको माझी औंला, प्रचण्डको चोर औंला !

प्रकाशित मिति: ३१ भाद्र २०७८, बिहीबार ०८:५६

पार्टी विभाजनबाट एमाले घाइते भएको छ : घनश्याम भुसाल
काँधमाथि चड्न प्रयोग भएका एमालेका सांसदहरु पनि घाइते भएका छन् !

माधव नेपालको पार्टीले एक सिट पनि जित्दैन : विष्णु पौडेल
एक सिट मात्र जित्यो भने जित एमालेको कि माधव नेपालको पार्टीको ?

फिल्मीकर्मीलाई प्रचण्डले भने–‘फिल्म क्षेत्र क्षतविक्षत छ, पहल गर्छु’
गर्नै पर्‍यो नि, जनयुद्धको विषयलाई लिएर फिल्म बनाउनै बाँकी छ !

गठबन्धन बचाइयो भने चुनावपछि दुई तिहाइको सरकार बन्छ: प्रचण्ड
सपनामा दुई तिहाइको सरकार, बिपनामा नेकपाको तीन टुक्रा !

प्रचण्डलाई अघिल्लो चुनावमा कान्छी औँला दिएको थिएँ अब त हात पनि देखाउन्न : ओली
कम्युनिस्ट भएपछि हात देखाउने नै हैन नि, मुड्की उठाउने हो अनि कुरा बुझिहालिन्छ !

‘तालिबान सरकारमा चुलियो विवाद, उपप्रधानमन्त्री बरादरले छाडे काबुल’
आतंकबादी भएपछि अरु आतंकबादीसँग कुरा मिल्नु पर्ने हो त !

शेरबहादुर देउवाले सभापतिमा उम्मेदवारी दिए केपी ओलीको हालत हुन्छ – गोपालमान श्रेष्ठ
केपी ओलीको हालत भयो भने आफ्नो हालत माधव नेपालजस्तो बनाउने नि !

महन्थ ठाकुरको पार्टीले संविधान दिवसमा विरोध गर्ने
छुट्टीको दिनमा गरेको विरोध पनि के विरोध भयो र !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com