ड्युटीमा टिकटक – जागीर चट् !

प्रकाशित मिति: ३१ भाद्र २०७८, बिहीबार २१:३१

सरकारलाई ओलीको चेतावनी : प्रतिवादमा उत्रिनुपर्ने बाध्यकारी अवस्थामा नपुर्‍याऊ
आलोचनामा मात्र सीमित भएर उत्रिनेलाई के प्रतिबाद भन्नु र ?

युट्युबको गज्जबको फिचर, अब कमेन्टको भाषा अनुवाद गर्न सकिने
तर नेपाली गाली अङ्रेजीमा अनुवाद गर्दा त्यसको भाव त्यति शक्तिशाली भने नहुने !

रामबहादुर थापा बादलले भने – नेकपा एमाले सर्वहाराहरूको पार्टी हो
सर्वहाराहरुको पार्टी अहिले सर्वत्र हारेकाहरुको भएको छ !

माधवकुमार नेपालले लिएको बाटो सही छैन, एमालेमै फर्किनुस्: अष्टलक्ष्मी शाक्य
कुरा ठीक हो, एकीकृत समाजवादी त भने तर एकिकरण कुन पार्टीसँग भएको हो ?

डडेल्धुरा विवादमा रुमलियो काँग्रेस : पौडेलमाथि राजनीतिक ‘बेइमानी’को आरोप
बेइमानी बिनाको राजनीति के राजनीति ?

टाइमले राख्यो तालिबान नेता बारदारलाई संसारका सय प्रभावशाली व्यक्तिको सूचीमा
आजको शिक्षा : प्रभावशाली हुन आतंकबाद प्रभावकारी हुन्छ !

मोबाइलमा बज्न छोड्यो कोरोना रोकथामको सन्देश, सुरु भयो जनगणनाको ‘रिङटोन’
कोरोना रोकथामकालागि भनेर यसपालीको जनगणना मोबाइलबाटै गर्ने कि ? अझै पनि हातमा मोबाइल नभएकाहरुलाई नगन्दा नि हुन्छ !

ओखलढुङ्गामा ड्युटीको समयमा प्रहरीलाई टिकटक चलाउन बन्देज
अब घर पुगेर पनि प्रहरीवस्त्र नखोली टिकटक बनाउने पर्ने भयो !

निर्वाचन समितिलाई पौडेल समूहको प्रश्न– ‘दुई तिहाईले बहिष्कार गर्दा कसरी वडा अधिवेशन भयो ?’
नेपालीले चान्स पायो भने जे नि गर्छ नि त !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com