कमेडी च्याम्पियनको स्टुडियो छेउमै एमालेको बैठक !

प्रकाशित मिति: ५ आश्विन २०७८, मंगलवार १०:०६

मित्रराष्ट्र वा विकास आयोजनामाथि टिप्पणी गरेको आधारमा कारबाही नगर्न सरकारलाई सर्वोच्चको आदेश
“के गर्ने सर ? माथिबाट आएको आदेश हो, मान्नै पर्‍यो !”

‘प्रदेश १ र बागमतीमा हाम्रो सरकार बन्छ, स्वागत गर्न तयार रहनुस्’: माधव नेपाल
बनेन भने त स्वागतको लागि लाग्ने खर्च त खेर जान्छ नि, त्यो कुन सरकारले फिर्ता दिन्छ !

बुटवलका मेयरलाई मुक्का हान्ने युवक एमालेकै कार्यकर्ता
मुक्का हान्दा मुड्की उठ्ने हो, मेयरले नि मुड्की उठाएर ऐक्यबद्धता जनाए हुन्छ !

ओलीको विश्लेषण : ‘अफगान भूमिबाट पलायन हुनु अमेरिकाको पराजय’
ओली अब आलोचना छोडेर विश्लेषण तिर लागेछन् कि के हो !

रुसमा पुटिनको पार्टीले निर्वाचन जित्ने दावी
रुसको निर्वाचन हो, पुटिनले मृत्‍युपश्चात पनि जितिरहनेछन् !

च्यासलमा सुरु भयो एमालेको स्थायी कमिटी बैठक, विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजबारे छलफल हुँदै
दोश्रो सिजन सक्किएलगत्तै च्यासलमा सुरु भयो कमेडी च्याम्पियनको तेस्रो सिजन !

दशैं लगायत चाडपर्व लक्षित ट्राफिक सुरक्षा योजना : मापसे अनुगमनमा कडाइ, सादा पोशाकमा प्रहरी खटाइने
दशै स्पेशल : मापसे गर्नेहरुकालागि सादा पोशाकका प्रहरी चिन्ने विधी सिकाउने कक्षा !

संसदमा नाराबाजी गर्ने एमाले सांसदलाई माधव नेपालले भने – ‘कस्ता सन्तान जन्माएछन्’
पहिला आफ्नै सन्तान थिए, कि बिर्सियो ?

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com