कसले कसको इशारामा काम गरे ?

प्रकाशित मिति: ६ आश्विन २०७८, बुधबार ११:४३

‘सभामुखले प्रचण्डको इशारामा काम गरे’ : गोकुल बास्कोटा
ओलीबाट अरुलाई आफ्नो इशारा अनुसार काम गराउने ज्ञान पनि सिकेछन् प्रचण्डले !

बोर्डको चेतावनी : ‘मर्यादा विपरीत काम गर्ने विद्यार्थीको सबै परीक्षा रद्द हुनसक्छ’
मर्यादा विपरीत काम गर्नुहुन्न भन्ने बिषयको परीक्षा लिन थाल्नुपर्यो नि त !

सरकारलाई ओलीको चेतावनी : ‘०१७ साल हेरे हुन्छ’
०१७ सालमा कांग्रेसकै जित भएको थियो अनि हेरिहाल्छ नि सरकारले !

पदक वितरणप्रति ओलीको कटाक्ष : ‘रत्नपार्कमा बसेर वितरण गरेकोजस्तो छ !’
त्यही भएर त सस्तोमा धेरैलाई दिइयो नि !

‘छिट्टै नै छात्राहरूलाई विद्यालय जाने अनुमति दिन्छौँ’ : तालिबान
तालिबान भएपछि त पढ्न कसैलाई नदिनु नि, छात्राहरू मात्र किन ?

‘क्रान्तिकारी धारको निरन्तरताका लागि नयाँ पार्टी बनाएका हौँ’ : माधव नेपाल
‘नेपाल’मा क्रान्ति गर्ने ‘नेपाल’ले त हो नि !

‘काँग्रेसको अबको लक्ष्य तीनै तहको निर्वाचन जित्ने हो’ : महत
त्यो लक्ष्य सबै पार्टीको हो, आफ्नो लक्ष्य केही नयाँ बनाउँ है !

एमालेको विरोधका बिच राष्ट्रियसभामा विनियोजन विधेयक माथि छलफल : ‘अफ्ठ्यारो’ मान्दै सदन चलाए अध्यक्ष तिमल्सिनाले !
अध्यक्ष भएर पनि ‘अफ्ठ्यारो’ मान्ने हो त !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com