मुटुभित्र दर्शनढुंगा हुन्छ कि ढुकढुकी ?

प्रकाशित मिति: ८ आश्विन २०७८, शुक्रबार ०९:५६

सत्तारुढ नेताहरुबारे ओलीको टिप्पणी : यिनीहरुका छातीभित्र मुटु होइन, दर्शनढुंगा रहेछ
त्यसो भए ढुकढुकी सुन्ने प्रयास नगरौँ, टाउको फुट्ला !

राष्ट्रपतिबाट बजेट प्रमाणीकरण, सरकारलाई खर्च गर्ने बाटो खुल्यो
सरकारलाई आफ्नोलागि खर्छ गर्ने बाटो खुल्यो भनौँ न !

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो ?
प्रतिपक्ष भनेको सत्तामा नहुनेहरु हुन्, सत्तामा नभएपछि नाराबाजी नगरे के गर्छन् त !

प्रचण्डको आरोप : केपी ओली हिन्दू अतिवादी हुन्
आफुजस्तो कम्युनिस्ट अतिबादी र ओलीजस्तो हिन्दू अतिबादीमा के नै फरक छ र ? दुइटै ज्याद्रा हुन् !

केपीलाई महान् नेता बन्ने अवसर थियो तर गिदीमा गोबर भरिएपछि के गर्ने: प्रचण्ड
आधा नेपालले महान नेता नै ठान्छन् ओलीलाई तर गिदीमा गोबर भरिएपछि के गर्ने ?

लोकतन्त्र र समाजवादलाई बलियो बनाउन कांग्रेस प्रतिबद्ध : देउवा
कांग्रेस प्रतिबद्ध होला तर प्रधानमन्त्रीको प्रतिबद्धता चाँहीं कता छ ?

फेसबुकले भन्यो– प्रयोगकर्ताको सुरक्षामा १३ अर्ब डलर खर्च भयो
तिनै प्रयोगकर्ताकै डाटा बेचेर त्यो १३ अर्ब फिर्ता आइहाल्छ नि !

काठमाडौंबाट बिग्रिएको बासमती चामल सुर्खेत पठाइएको भन्दै बिक्रीमा रोक
काठमाडौंबाट बिग्रिएको बासमती चामल सुर्खेत पठाउने हो ? कर्णाली पो पठाउने हो त !

‘कौन बनेगा करोडपति’ का प्रतियोगीसँग डेटमा जाने अमिताभको चाहना
करोडपति बनिसकेका प्रतियोगीसँग हो भने त डेटमा किन जान चाहेको बुझ्न सकिन्छ !

सरकारले ४० वर्ष माथिका सबै नागरिकको पिसाब जाँच गर्ने
४० वर्ष पछि यसै पनि पिशाब आइरहन्छ, जाँच गर्न सजिलो हुन्छ !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com