गगनको प्रश्न : ‘विधि न सिधी मिवलेन्द्र निधि ?’

प्रकाशित मिति: ९ आश्विन २०७८, शनिबार १७:११

कानून मिचेर औषधिको मूल्यवृद्धि, महानिर्देशकले अनुचित लाभ लिएको आशंका
मान्छेको जीवनको पो मुल्य तोक्न मिल्दैन त, औषधिको त जति राखे नि भयो नि !

नेतृत्वलाई गगनको प्रश्न : ‘कहिल्यै विधिमा चल्नु नपर्ने हो ?’
कांग्रेस भएपछि कसरी विधिमा चल्छन् त ? बिधि न सिधी, बिमलेन्द्र निधि ! सिधै अफ्नो रेसमा चल्छ नि काङ्ग्रेस !

‘अफगानिस्तानमा पहिलाकै कानुन लागू हुन सक्छ’ : तालिबान
तालिबान भएपछि आतंक फैलाउने हो, के को पहिलाकै कानुन नि !

‘तालिबानले अफगान भूमिबाट आतंकवादी गतिविधि हुँदैन भन्ने आश्वस्त पार्नुपर्छ’ : भारतीय विदेशमन्त्री जयशंकर
अफगान भुमिबाट त केही आतंकवादी गतिविधि नहोला तर अफगान भुमिमा चाँहीं पक्कै हुन्छ ! – तालिबान

पूर्वप्रहरी महानिरीक्षक बोहोराको घरबाट एभोकाडो चोरेको आरोपमा १२ जना पक्राउ
निरास पार्ने कुरा के हो भन्दा एभोकाडो चोर्न १२ जना चाहिँदो रहेछ !

नारायणहिटी संग्रहालयबाट श्रीपेच चोर्न खोज्ने पक्राउ
अब त जनतालाई देश चलाऊने मौका देउ, किन पक्राउ गरेको !

तेस्रो धारका एमाले नेतालाई प्रश्न : ‘भोलिको बैठकमा जाने कि बहिस्कार गर्ने ?’
कम्युनिस्ट भएपछि त जे कुरा पनि बहिस्कार नै गर्ने हो नि !

कमजोर बन्दै डलर, बलियो बन्दै नेपाली रुपैयाँ
हुनेका लागि बलियो बन्यो नि, नहुनेकालागि त उही हो !

दिल्लीको अदालतभित्र गोली चल्यो : एक ग्याङ्गस्टरसमेत तीन जनाको मृत्यु
अदालतभित्र गोली चलेर एउटा ग्याङ्गस्टरको मृत्‍यु भयो भने त्यसलाई न्याय भन्ने कि अन्याय ? 

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com