समय आएपछि बोल्नु ठीक कि आवस्यक भएको बेला बोल्नु ठीक ?

प्रकाशित मिति: ११ आश्विन २०७८, सोमबार १३:००

एन्टिजेन परीक्षणकै २५ सय शुल्क लिने सुमेरु हस्पिटल कारबाहीमा
निजी अस्पतालमा भनेकै बढी पैसा लिनका लागि खोलिएको हो, सस्तो खोज्ने भए सरकारी अस्पातलमा जाओ न !

भोट माग्न कसरी जाने होला भन्ने स्थिति छैन : ओली
मास्क लगाउने, लाज पचाउने अनि माग्न जाने नि !

एमाले बैठकमा ओलीको जवाफ : संसद विघटन हिजो, आज र भोलि पनि ठिक !
जनताको जवाफ : प्रधानमन्त्रीको पद खुस्केको हिजो, आज र भोलि पनि ठिक !

विद्यार्थीहरु एमालेलाई धुलो चटाउने दिन कुरेर बसेका छन् : रञ्जित तामाङ
पहिला तिनै नेताहरुको पछि लाग्दा उनीहरुले उडाएको धुलो खानुपरेको रिस हो ?

सबै फोनमा एउटै चार्जर राख्ने ईयूको प्रस्ताव
प्रस्ताव त राम्रो हो तर ईयूले आफ्नो युनियनको सबै समस्या हल गरिसकेको हो र ?

भीम रावलले भने- मौनताको अर्थ हुन्छ, समय आएपछि बोल्छु
अनि चाहिने बेलामा बोलेन भने समय आएपछि बोलेको अर्थहीन हुन्छ !

दसैँमा घर जान अनलाइनबाट बसको टिकट बुकिङ गर्नेलाई एक बोतल पानी सित्तैमा
त्यो त बसमा चडेपछि यसै पनि सित्तैमा पाइन्थ्यो नि !

म ओलीभन्दा जेठो हुँ, राजीनामा दिएपछि सकियो : वामदेव
चालचलन हेर्दा त ओली जेठा हुन् जस्तो छ !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com