७ मिनेटमै सकियो प्रतिनिधिसभा, केहीले सांसदले खोक्न भ्याए, केही हाच्छ्युँ गर्दै निस्किए !

प्रकाशित मिति: १२ आश्विन २०७८, मंगलवार १२:२५

‘एमालेलाई संसदमा आउन लाज हुनुपर्ने हो’ : बाबुराम भट्टराई
लाज मानेर पनि कहीँ तेस्रो पटक संसद विघटन गर्न सकिन्छ त !

सात मिनेटमा नै सकियो प्रतिनिधिसभा बैठक : केही सांसद पुग्न समेत भ्याएनन्
एमालेको गुनासो : ‘हाम्रा सांसदले खुलेर संसद अवरोध गर्ने मौका पाएनन् !’

‘सरकारले देशलाई नै कालोसूचीमा पार्न खोज्दैछ’ : एमाले सांसद अधिकारी
पारे पनि सूचीको पहिलो नम्बरमा पुर्याउने योग्यता भएको सरकार होइन !

पशुपतिमा साधुमाथि खुकुरी प्रहार, १२ जना नियन्त्रणमा
आशिर्वाद नदिएर कि गाँजा नदिएर ?

अफगानिस्तान : दाह्री काट्न तालिबानको प्रतिबन्ध
यस्तो प्रतिबन्ध जसले नारीहरुलाई केही असर गर्दैन, तालिबान अगाडि बढ्दै छ !

अर्थमन्त्रीलाई एमाले सांसदको प्रश्‍न : ‘कालो धनलाई सेतो पार्ने कुरा कहाँको क्रान्तिकारी हो ?’
‘क्रान्तिकारी’हरुले ‘क्रान्ति’ गरेर कमाएको कालो धनलाई सेतो पार्नु क्रान्तिकारी नै त हो नि !

चलचित्र संघकोे निर्णय–‘नेपाली फिल्मको रिलिज मितिमा विदेशी फिल्म चलाउन नपाइने’
रिलिज मितिमा भन्दा फिल्मको गुणस्तरमा चाहीँ परिवर्तन ल्याउँदा पो दर्शकहरु नेपाली फिल्म हेर्न जान्थे कि !

चिनियाँ विदेशमन्त्रीको सन्देश: ‘नेपालसँग मिलेर काम गर्न इच्छुक छौं
चिनियाँहरुलाई के थाहा आफ्नो इच्छा अनुसार काम गर्ने बारे !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com