बाँस्काेटाकाे ‘डाईलग’ दहालले ‘कपि’ गरेपछी….

प्रकाशित मिति: १७ आश्विन २०७८, आईतवार १९:५२

आफ्नो शरीर आफैंलाई भारी, नेतालाई भर्‍याङ
भर्‍याङबिना स्टेज चढेर भाषण दिन गार्हो हुन्छ नि त !

एमाले प्रतिनिधिको निष्कर्ष : ‘उपमहासचिव चाहिन्छ, वरिष्ठ उपाध्यक्ष चारजना’
अनि ओलीलाई अध्यक्ष छोड्न लाउनेहरुलाई कारबाही गरौँ !

अनेरास्ववियू क्रान्तिकारीको अध्यक्ष चयनको जिम्मा प्रचण्डलाई, पञ्चा सिंह अध्यक्ष
देशको जिम्मा नदिउन्जेल त ठिकै छ, पञ्चा आएपनी पञ्चायत नआओस्

देश घुम्न पैसा होइन, इच्छाशक्ति चाहिन्छ
गरीबहरुकालागि ‘इच्छाशक्ति मन्त्रालय’ स्थापना गरौँ न त !

एमाले प्रतिनिधिहरुको प्रश्न : ‘एमसीसीबारे पार्टीको धारणा के हो ?’
ओलीको धारणा जे हो, पार्टीको धारणा पनि त्यही हो !

‘केपी ओली आत्मप्रशंसामै रमाइरहेका छन्’ : रामचन्द्र पौडेल
रामचन्द्र पौडेललाई पनि पार्टीको सभापति भएर आत्मप्रशंसामा रमाईरहेकाछन् !

‘एमालेको हैसियत के हो भनेर निर्वाचनपछि सबैले देख्नेछन्’ – विष्णु पौडेल
नदेख्नेहरुको आँखा फुटाउने प्रतिज्ञा !

‘एमालेजस्तो जाली, फटाहा पार्टीले हामीलाई हेप्न खोजेका छन्, तिनको सातो खाने हो’: प्रचण्ड
खाउँ खाउँ, खाने मुखलाई क्रान्तिकारी जुंगाले छेक्दैन क्यारे !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com