टिकटक प्रयोगकर्ता एक अर्ब, दुरुपयोगकर्ता कति ?

प्रकाशित मिति: १९ आश्विन २०७८, मंगलवार १८:४९

विवाहको न्युनतम उमेर १८ वर्षमा झार्न सांसदको प्रस्ताव
यस्तै प्रस्ताव राखिदिउँ भनेर त जनताले सांसद बनाइदिएका हुन् नि !

‘एमालेमा विचार छैन, सूर्य चिह्न मात्र छ’ : प्रचण्ड
माओवादीले पनि माओबादको विचार छोडेको भुल नहोस् !

‘पार्टीभित्र कसैको पनि फरक मत छैन’ : विष्णु पौडेल
फरक मत भएपनि पार्टीले राख्न पाउने अधिकार सुनिश्चित गरेको छैन क्यारे !

टिकटकका सक्रिय प्रयोगकर्ता १ अर्ब नाघे
सक्रिय रुपमा गतिलो कन्टेन्ट बनाउने भने एक हजार पनि नरहेको !

आफूखुसी भाडा लिन नपाएपछि यातायात व्यवसायी आन्दोलित
आन्दोलन गरेर पनि भाडा बढेन भने आन्दोलन गरेको दिन आउने पैसाको माग गर्दै अर्को आन्दोलन कहिले ?

काठमाडौंमा ‘कोड वर्ड’ प्रयोग गर्दै पाकेट मार्ने २०७ पक्राउ, प्रहरीलाई भन्थे ठूल्दाइ !
नेपाली न हुन्, साईनो लाउन कहाँ छोड्थे त !

दसैं आयो, बजारमा भीड बढ्यो तर व्यवसायी भन्छन् – ‘व्यापारै भएन’
बल्ल बल्ल निस्किन पाउँदा घुम्न जानेहरुको भिड हो अनि व्यापार कसरी बढ्छ त !

पूर्वयुवराज पारस शाहको निवासमा चोरी, एक जना पक्राउ
चोरले भन्यो- ‘थियो र त चोरेँ, नहुनेको चोरेको हैन क्यारे !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com