स्वास्थ्यमन्त्री चर्मरोगका डाक्टर, एभरेष्टमा भोकको उपचार !

प्रकाशित मिति: २३ आश्विन २०७८, शनिबार १८:५५

कलाकर्मीहरुको एक समुहले स्वास्थ्यमन्त्रीलाई रात्रीभोज सहित स्वागत गरेको छ । चलचित्र विकास बोर्डका अध्यक्ष, केही सहयोगी सहित होटल एभरेस्टमा मन्त्रीको स्वागत भएको थियो ।

कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्रीले भने-‘नेता हुनुभन्दा पहिला मैले डाक्टरी पनि गरेको छु । त्यो अनुभवलाई सरकारमा उपयोग गर्नेछु ।’

२०५५-२०७० सम्म उनले बिर्तामोडलाई केन्द्र बनाएर पुर्वी नेपालका चर्मरोगीहरुको सेवा गरेका थिए । त्यसैगरी सिलिगुडीलाई आधार बनाएर पुर्वोत्तर भारतीयको उपचार गर्दथे ।

स्वास्थ्यमन्त्री तथा टोली सदस्यहरुको सम्मान कार्यक्रममा जितु नेपाल, मनोज गजुरेल, भवन भट्ट सहितले स्वागत गरेका थिए ।

मन्त्रीले भोलि राजेस घतानीको म्युजिक भिडियो ‘सिमाना’को विमोचन गर्नेछन् । आफ्नो प्रदेशमा भ्रमण गर्न काठमाण्डौबासीलाई निम्तो दिनेछन् ।

हामीसँग कुरा गर्दै स्वास्थ्यमन्त्रीले भने- ‘म भारतीय नागरिक हुँ तर नेपाल र नेपालीप्रती सधैं माया र सम्मान छ ।’

स्वास्थ्यमन्त्रीको यस्तो मन्तब्य सुनेपछी सहभागीहरु तीन छ्क्क परेका थिए । उनिहरुको छक्कलाई नर्मलाईज गर्दै ‘चिप्ल्याउने अंकल’ उर्फ प्रकाश सुबेदीले भने- ‘उहाँ स्वास्थ्यमन्त्री त हो तर नेपाल सरकारको हैन, सिक्किम सरकारको स्वास्थ्यमन्त्री हुनुहुन्छ ।’

नेपालले छ महिनापछि हिजै स्वास्थ्यमन्त्री पाउनु र सिक्किमका स्वास्थ्यमन्त्री हिजैकाठमाण्डौ आउनु- के कनेक्सन छ ?

गजुरीयल डटकमले गरेको खोज अनुसार यसमा कुनै राजनैतिक रंग रहेनछ । पशुपतिको दर्शन, सिक्किमको प्रचार गर्ने म्युजिक भिडियो प्रदर्शनका लागि स्वास्थ्यमन्त्री डा. एमके शर्मा र दर्जन सहयोगीहरु नेपाल आएका रहेछन् !

स्वास्थ्यमन्त्री शर्माको बारेमा रमाईलो कुरा त के रहेछ भने उनीसँग ‘गुड सेन्स अफ ह्युमर’रहेछ । सायद हमजायगाका जोग सुनाएरै सिक्किमेको मत जितेको हुनुपर्छ ।

अर्को रमाईलो प्रसंग के रहेछ भने, चर्मरोगका सफल डाक्टर १५ बर्ष बिर्तामोडमा चर्मरोगीको सेवा गरेका रहेछन् । तर, अहिले पुर्वी नेपालका कसैले पनि यी सिक्किमे मन्त्री एमेक शर्मालाई चिन्दैनन् । त्यसबेला नेपालीले उनलाई छाला रोगका प्रख्यात डाक्टर मणि कुमार शर्मा ढकाल भनेर चिन्थे । तिनै मणिकुमार ढकाल अहिले डा. एमके शर्माको रुपमा सिक्किमका स्वास्थ्यमन्त्री बनेका हुन् ।

अन्त, मज्जा आएन त पढ्दा ?😀

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com