जेठानको राजिनामा, ज्वाईंको बिरोधनामा, ससुराको अबरोधनामा !

प्रकाशित मिति: २५ आश्विन २०७८, सोमबार २०:४४

बागमतीका मन्त्रीलाई राजेन्द्र पाण्डेको ब्यंग्य : ‘झण्डा हल्लाउँदै टीका थाप्ने रहर’
टीका थाप्ने रहर भएपनि पार्टी छोड्न भएन नि त !

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुगेर देउवाले भने : ‘सबै समस्या हल हुन्छ, काम नरोक्नू’
‘काम नरोक्नू’ भनेपछि देउवामाथि दशैँ मनाउन नदिएको आरोप !

मोतीपुर घटना: मृतकका परिवारलाई जनही एक लाख दिइने
अरु भएको भए अझै बढी हुन्थ्यो होला, सुकुम्बासी भएपछि १ लाखले चित्त बुझाउनु परिहाल्यो नि !

बालकुमारीमा आफ्नै कार्यकर्ताले गरे उपेन्द्र यादवको पुत्ला दहन
आगोबाट अर्को नयाँ पार्टीको गन्ध आएको !

‘नेपाल बाह्य शक्तिको रणनीतिक थलो बनेको छ’: कमल थापा
भित्री शक्तिको रणनीति बलियो बनाउन सकिँदैन, बाह्य शक्ति देखि सकिन्न, के गर्नु त ?

३० लाख माओवादी बनाउने प्रचण्डको लक्ष्य, देशैभरि जिम्मेवारी हेरफेर
३० लाख माओवादी बनाउन त अर्को जनयुद्ध सुरु गर्दा पनि गार्हो होला काम्रेड !

‘विकल्प’ खोज्दै विद्रोही, तानाबाना बुन्दै ओली
अहिले समय भएको बेला त हो नि तानाबाना बुन्ने !

हमालले राजीनामा दिएपछि उद्योग मन्त्रालयको कार्यभार देउवा आफैँले सम्हाल्ने
प्रधानमन्त्री हुँदा पनि निस्क्रिय हो, उद्योग मन्त्रालय सम्हाल्न के गार्हो होला र ?

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com