एमसिसीमा राष्ट्रिय सहमतीको खोजी, क-कसको भरिएला गोजी ?

प्रकाशित मिति: ९ कार्तिक २०७८, मंगलवार १७:०९

निर्वाचन आयोगले प्रधानमन्त्रीलाई भन्यो : ‘चैत ५ भित्र स्थानीय तहको चुनाव गरिसक्नुपर्छ’
पार्टीको अधिवेशनकालागि पनि आदेश जारी गर्नुपर्‍यो आयुक्तज्यु !

‘भारतले नेपालको सार्वभौमिकताको सम्मान गर्नुपर्छ’ : प्रचण्ड
सार्वभौमिकताको सम्मान गरेर कसरी नेपाल चलाऊनु !

१० खर्ब डलर सम्पत्ति हुने विश्वकै पहिलो व्यक्ति बन्दैछन् एलन मस्क
मस्कको सम्पत्ति भनेको ज्ञानजस्तै हो, बाँडीरहे पनि बढ्न नछोड्ने !

‘परिचयपत्र नभएकालाई कोठा भाडामा नदिनू’ : गृह मन्त्रालय
भनेपछि घरवालाहरुले परिचयपत्र नबनाउँदा भयो, हैन त ?

गोकूलप्रसाद बास्कोटाको आरोप : ‘माधव नेपाल समाजवादी आन्दोलन कमजोर बनाउन चोइटिएका हुन्’
नयाँ पार्टीको नाममै समाजवादी भएपछि त झन् आन्दोलन अगाडि बढाएको हो नि !

पोखरा महानगरमा एमाले कर्मचारीको ‘दादागिरी’, गैरकानुनी बढुवा र स्थायी हुन चलखेल
स्थायी हुन चलखेल गर्न त ओलीबाटै सिकेका होलान् !

‘भाषणमा मात्रै कुरा गरेर जनताले समृद्धिको अनुभूति गर्न सक्दैनन्’ : मन्त्री कार्की
तर चुनाव जित्न सजिलो हुन्छ नि त !

‘राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुन्छ’: परराष्ट्रमन्त्री खड्का
त्यही एमसीसी पास गर्नुपर्छ भनेर त सहमति नगरेको हो !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com