नाराबाजी गर्न संसदमा समय छुट्याईने !

प्रकाशित मिति: १२ कार्तिक २०७८, शुक्रबार १३:०४

‘नेकपा तीन वटा भयो, अझै चार वटा हुने खतरा छ’ : प्रचण्ड
नेकपा हो, एनेकपा भएको भए पो छक्क पर्नु !

‘आउँदो चुनावमा ४ पार्टीबीच गठबन्धन हुन्छ’ : प्रचण्ड
आशाबादी हुनु र सपना देख्नुमा ठुलो फरक हुन्छ !

संसदमा बिहीबार पनि एमालेको नाराबाजी
संसदमा एमालेको नाराबाजी भैरहने हो भने त्यसकालागि समय छुट्याइदिनु नि !

विवेकशील साझा फुटनजिक, मिश्र र पाण्डेपक्षले बोलाए अलग-अलग बैठक
नयाँ पार्टी खोल्ने भए कृपया अर्को समाजबादी चाहिँ नहोस् है !

‘ताइवानलाई संयुक्त राष्ट्र संघमा आबद्ध हुने अधिकार छैन’ : चीन
चीनको नजरमा त ताइवानको केही अधिकार नै छैन नि !

‘चीनको टेलिकममाथिको अमेरिकी प्रतिबन्ध ‘दूर्भाग्यपूर्ण दमन’ : बेइजिङ
आफु दमित हुँदा त त्यती मज्जा आउँदैन नि, हैन त चीन !

‘सरकारमा रहँदा ओलीले शोषण र राज्य स्रोतको दोहन गरे’: नेपाल
राज्य स्रोतको दोहन गर्न सरकारमा नहुँदा भन्दा हुँदा सजिलो छ नि त !

ओली क्याम्प रोज्दा श्रीमान केन्द्रीय मन्त्री, प्रचण्डलाई साथ दिएकी श्रीमती अहिले बनिन् प्रदेश मन्त्री
जुन क्याम्प रोजेपनि श्रीमान-श्रीमती नै कम्युनिस्ट भएर कुरा मिलीहाल्छ नि !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com