अदालत प्रहरी ब्यारेकजस्तो बनेपछी अब ब्यारेकमा सुनुवाई र फैसला हुने !

प्रकाशित मिति: ३० कार्तिक २०७८, मंगलवार १३:२६

नेत्र विक्रम चन्द ‘विप्लव’द्वारा नेपाल बन्द : कतै तोडफोड, कतै आगजनी !   
यो त कमरेड तोडफोड वा कमरेड आगजनीले गर्या होला !

‘चोलेन्द्र शमशेर कमरेड ओलीको फोटोकपीबाहेक केही पनि होईन्, उहाँसँग विनोद चौधरीको भन्दा बढि पैसा छ भनेर चर्चा चलेको छ’ : डा. दिनेश त्रिपाठी
त्यसैले उनले सिजी नेटभन्दा सस्तो र छिटो ईन्टरनेट ल्याउने चर्चा पनि चलेको छ !

कांग्रेस ‘थोत्रो पार्टी’ भइसक्यो : ओली
हुन त बुढो नेतृत्व भएको सबै पार्टीहरु थोत्रो भैसके नि !

‘अदालतलाई प्रहरी ब्यारेक बनाउने काम भयो’ : नेपाल बार
त्यसो भए अब अदालतले चौकीमा सुनुवाई गर्दा भयो नि त !

‘अख्तियारले ठूला माछा पनि समातोस्’ : प्रदेश प्रमुख गुरुङ
हात पर्ने बित्तिकै फुत्किने ठूला माछा कसरी समात्नु ?

देउवाको घरमा कांग्रेस बैठक राखेकोमा प्रकाशमानको असन्तुष्टि
धन्न बालुवाटारमा राखेनन् भनौँ न !

गद्दाफीका छोरा राष्ट्रपति पदका लागि लड्ने
गद्दाफीका छोराद्वारा बाउको बिँडो थाम्ने प्रयास !

रक्सीको बोतल ल्याउन रोक्ने कर्मचारीलाई कुट्ने सीईओ रेग्मीको स्पष्टिकरणः ‘रातभरी अनिँदो थिएँ, त्यसैले घटना भयो’
अनिँदो भएको मान्छेलाई अल्छि लाग्छ, कर्मचारीलाई कुट्ने उर्जा त त्यही रक्सीको बोतलले दिन्छ !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com