एमाले महाधिवेशनमा निहुँ खोज्न र उम्मेदवारी दिन दुवै पाईने, प्रतिनिधि भन्छन्- जसले हान्यो त्यसले जान्यो !

प्रकाशित मिति: ७ मंसिर २०७८, मंगलवार १४:३२

राष्ट्रपति र प्रधानमन्त्री कार्यालयले नै बुझाउँदैनन् समयमा खर्च विवरण
केकेमा खर्च भएको पत्ता लगाउन समय लाग्छ नि त !

उम्मेदवारी दिंदा निहुँ खोजेको हुन्छ र ? – भीम रावल
ओलीका लागि फ्लोर क्रस गर्ने र उम्मेदवारी दिने दुइटै निहुँ खोजेको हो !

केपी ओलीको विकल्पबारे बहस गर्नु व्यर्थ छः विष्णु रिजाल
ओलीबाद – भोलीको नसोच्ने, मात्र ओलीको सोच्ने !

प्रचण्डको निर्वाचन क्षेत्रमा सिक्न लायक विकास : अर्थमन्त्री
त्यसोभए प्रचण्डलाई प्रधानमन्त्री बनाइदिउँ अनि हेरौँ न त यो देशको सिक्न लायक विकास भएको !

चीन साना छिमेकीको असल साथी हो : सी जिनपिङ
साना छिमेकीले दुश्मनी साँध्न सक्दैनन् अनि चीनलाई असल साथी हुन के फरक पर्‍यो र !

महिला अभिनित ‘शो’ र चलचित्र प्रसारण नगर्न तालिबानको निर्देशन
‘नारीबाद’को विपरिथार्तक शब्द ‘तालिबान’ बनाउने बेला आएको छ !

प्रधानन्यायाधीशले ग्रेसफुल एक्जिट गर्नुपर्छ : शेखर कोइराला
ग्रेसफुल होस् या नहोस्, एक्जिट त गर्नुपर्छ तर खै त गरेको ?

दिनमा पाँच गिलास आफ्नै पिसाब पिउँछिन् यी महिला, आँखा–नाक–कानमा समेत हाल्छिन्
खपत पनि भयो, बचत पनि भयो !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com