शिक्षकलाई राजनीति : गर्न रोके पार्टी प्रणाली सखाफ, नरोके शिक्षा प्रणाली सखाप ! गर्ने चाहिँ के त ?

प्रकाशित मिति: ८ मंसिर २०७८, बुधबार १६:३२

‘शिक्षकलाई राजनीति गर्न रोके पार्टी प्रणाली कमजोर हुन्छ’ : प्रचण्ड
शिक्षक र विद्यार्थी दुबैले राजनीति गरे शिक्षा प्रणालीको हालत चाँही के होला ?

दमकमा महाधिवेशन गर्न प्रचण्डलाई ओलीको चुनौती
साथै दमकमा भक्का खानकालागि चुलेनिम्तो पनि !

‘मलाई चुनौती दिन पनि पाइन्छ’ : ओली
तर चुनौती दिइसकेपछि बसि खान पाइँदैन नि त !

रामचन्द्र पौडेलकी छोरी पनि राजनीतिमा, चुनिइन् कांग्रेस महाधिवेशन प्रतिनिधि
उहिले कोइराला, हिजो सिंह, आज पौडेल – कांग्रेस पार्टी हो कि फेमिली बिजनेस !

‘केपी ओलीको बोलीलाई जनताले विश्वास गर्न छोडे’ : माधव नेपाल
कार्यकर्ता जस्तो हैन, जनताले नेताहरुको बोली विश्वास गर्न पहिलै छोडेका हुन् !

राष्ट्रिय जनगणनाबारे स्थानीयको अनभिज्ञता : ‘चुनावको लागि आएको भन्दै गणकसँग झर्किन्छन्’
किन झर्किनु, चुनावको लागि आएको भए हातमा झण्डा हुन्थ्यो नि !

‘मुख्य नेतृत्व दोहोरिँदा अन्य पदमा नयाँ व्यक्ति आउने हाम्रो पार्टीको परम्परा छ’ : शंकर पोखरेल
त्यो परम्परा मुख्य नेतृत्व दोहोरिने होईन, स्थायी रहने हो !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com