‘को बन्छ करोडपति’ पछि अब ‘कसले बचाउँछ १०-२० रुपैँया पैसा’

प्रकाशित मिति: १२ मंसिर २०७८, आईतवार १०:०५

‘आफ्नो महत्वाकांक्षाका कारण अस्वस्थ प्रतिस्पर्धा नगरौं, फेरि पालो आउँछ’ – ओली
बाले आफुलाई भनेको कि अरुलाई !

यात्रुसँग सामान्य ज्ञानको परीक्षा लिने रिक्सा चालक, सही उत्तर दिएमा भाडा तिर्न नपर्ने
‘को बन्छ करोडपति’ पछि अब आयो ‘कसले बचाउँछ १०-२० रुपैँया पैसा’

‘नयाँ भेरियन्टबाट नतर्सिऔं’ – डा. शेरबहादुर पुन
तर्सिदैँनौ, पुरानै भेरियन्टको त्रासले छोडेको छैन !

‘एमालेले विकासको मार्गमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ’ : चिनियाँ कम्युनिस्ट पार्टी
देशको विकास कि पार्टीको विकास भन्ने स्पष्ट नभएको !

‘मोदी नेपालमा हिन्दु राष्ट्र र राजतन्त्र पुनर्स्थापना गराउन लागि परेका छन्’ : जोगीन्दर शर्मा
मोदीले नै रामदेवलाई नेपाल पठाएर टिभी च्यानल सुरु गर्न लगाए कि के हो !

एमालेसँग सहकार्य गर्न चीन तयार, कम्बोडियाका सांसदले भने – ‘ओली ग्रेट म्यान’
खुशीको कुरा : ओलीबादले अन्तर्राष्ट्रिय रुपमा गति लिँदैछ !

‘एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं’ : नारायणकाजी श्रेष्ठ
पास गर्ने पक्षमा नै छौं जस्तो लाग्दैन हामीलाई !

मुख्यमन्त्री राईले भने – ‘म रचना रिमाललाई वान साइड लभ गर्छु’
मुख्यमन्त्रीको मुख्य लभलाई पनि वान साइड लभ गर्ने अवस्था आउला है !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com