महाआँधिवेशनमा दुर्गा प्रसाईंको सुनामी : न बन्द न सत्र, अलपत्र !

प्रकाशित मिति: १३ मंसिर २०७८, सोमबार १३:५०

बन्दसत्र स्थलमा पुगे ओली, भीम रावलविरुद्ध कार्यकर्ताको नाराबाजी
एमाले, जसको अर्को नाम हो – ओलीबाद !

‘महाधिवेशनमा आपत्तिजनक दृश्य देखियो’ : भीम रावल
‘वि लभ यु केपीबा’ भनेको सुनेर रावल तर्सिए जस्तो छन् !

‘सरकारले विपन्नका लागि जनमुखी कार्यक्रम ल्याएको छ’ : अर्थमन्त्री
सरकारको आँखामा बिपन्न को हो भनेर चाहिँ बुझ्न बाँकी !

प्रधानन्यायाधीशलाई सत्ता गठबन्धनका दुई विकल्प – ‘बार र न्यायाधीशलाई मनाऊ कि राजीनामा देऊ’
गठबन्धन अझै बार र न्यायाधीश मान्न तयार रहेको आशमा !

‘डा. केसी अब अनशन बस्नुपर्ने छैन’ : शिक्षामन्त्री
अब अनशन नबसी खाना नखाइ मात्र बस्नुपर्ने !

सौराहामा एकसाथ सबै होटल तीन दिनसम्म भरिनु इतिहासमै पहिलोपटक
५ लाखलाई बोलाएपछि त चितवनकै सबै होटल भरिनुपर्ने हो, कहाँ गडबडी भएछ ?

ओलीलाई भेटेर फर्किएपछि गोकुल बास्कोटाले भने : ‘त्याग नगरी सहमति हुँदैन’
पार्टी, पद र परिवारमा के त्याग गर्नु ? जुन गर्दा पनि हातमा जिरो लाग्छ !

ओली अराजकताको अर्को नमुना : बोल्ने एक गर्ने अनेक
अनि त्यसैलाई भनिन्छ राजनीति !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com