राप्रपा राजनिती : कमल थापा- ‘हाहाहा, नो कमेन्ट !’, रेखा थापा- ‘हिहिहि, भो कमेन्ट !’

प्रकाशित मिति: १८ मंसिर २०७८, शनिबार १४:०४

‘शिक्षकले पढाउने कर्तव्य छोडेर राजनीति मात्रै गर्न हुँदैन’ : केपी ओली
विद्यार्थीहरु जति सब राजनीतिमा लागेपछि क्लास खाली हुन्छ अनि शिक्षकहरु के गरेर बसुन् त बिचरा !

‘मैले जिते राप्रपामा गुटको अन्त्य हुन्छ’ : राजेन्द्र लिङ्देन
अनि गुटको अन्त्यपछि ‘फुट’को सुरुवात हुन्छ !

‘एमाले सौराहाबाट पञ्चायत काठमाडौं फर्कियो’ : गगन थापा
उहिले पञ्चायत नबोकी कांग्रेस यहाँ आइपुगेको हो र ?

‘विकास र समृद्धिको नेतृत्व कांग्रेसले मात्रै गर्न सक्छ’ : प्रधानमन्त्री देउवा
सत्तामा हुन्जेल त हो नि नेतृत्व गर्न सक्ने !

अर्थमन्त्री शर्मा भन्छन् : ‘प्रचण्डपथ छोडेर गल्ती भयो, अब सच्याउनु पर्छ’
सच्याउन त अगाडि बढ्नुपर्‍यो नि त, पुरानै पथमा फर्केर त अर्को गल्ती गरिएला फेरी !

राप्रपा विवादको चुरो : ज्ञानेन्द्रलाई राजा हुन हतारो ?
राजा हुन कसलाई हतार हुँदैन होला र ?

महाधिवेशनपछिको एमाले : नेतृत्वमा ‘कम्फर्टेबल’, विचारमा ‘क्राइसिस’
नेतृत्वमा ‘कम्फर्टेबल’ भए पुगिहाल्यो नि, पार्टीलाई त्यो भन्दा बढी के चाहियो ?

रेखा थापाको भिडियो क्लिप सेयर गर्दै कमल थापाले भने – ‘हाहाहा! नो कमेन्ट’
हाहाहा ! त्यो चाहिँ कमेन्ट होइन र ?

(फोटो साभार : हिमालयन टाईम्स)

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com