मौसमी विवरण : वेमौसमी ट्विटको वर्षापछि फेरि कमल (थाप्रपा) र राजेन्द्र (राप्रपा) हुने संकेत !

प्रकाशित मिति: २० मंसिर २०७८, सोमबार ११:४८

‘सरकार टिकाउन एमसीसी पास गर्न खोजिँदैछ’ : विप्लव
अनुदान पाएर सरकार टिक्छ भने टिक्न किन नदिने ?

दलहरूलाई स्वास्थ्यमन्त्रीको आग्रह – ‘चुनावका बेला पर्चा लिएर गाउँ जानुभयो, अब खोप लिएर जानुस्’
खोप लिएर जाँदा भोट आउँछ भन्ने के ग्यारेन्टी छ ?

‘सरकारका सबै काम हुन दिएर संसद्‍ अवरूद्ध गरेँ भन्नुको औचित्य छैन’ : भिम रावल
संसद्‍ अवरूद्ध गर्दा उफ्रेर व्यायाम गरेजस्तै हुन्छ त्यसैले गरेको रे !

रवीन्द्र मिश्रलाई पञ्चा सिंहको चुनौती : ‘सक्नुहुन्छ भने विद्यार्थी राजनीतिमाथि रोक लगाएर देखाउनुस्’
उनको हातमा भएको भए त देखाइहाल्थे नि !

नेता हुनेबित्तिकै ‘म ठूलो भएँ’ भन्ने भावना नराख्न लोहनीको आग्रह
पहिलै देखि आफुलाई ठुलो सोच्ने नेताहरुलाई विशेष छुट !

नेवानिले दुबईमा सातामा दुई उडान थप्दा मन्त्री आलेले काटे केक
अब भोजको लागि के गर्नु पर्छ, पहल गर्नु पर्‍यो !

राप्रपा अध्यक्षमा पराजित भएपछि कमल थापाले ट्वीट गरे पुरानो गीत – ‘यसपालि त मनै फाट्यो…’
अब अध्यक्ष हारेपछि फ्रिटाइम भरी ट्वीट गर्दै बसे हुन्छ !

कमल थापाको आक्रोश : निर्मल निवासले मलाई हरायो
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा (राजेन्द्र) र थाप्रपा (थापा)मा विभाजित होला ?

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com