जनताको मुख्य एजेन्डा- ‘गाँस, बास र कपास’, महाधिवेशनको मुख्य फण्डा- साम्राज्यवाद कि विस्तारवाद !

प्रकाशित मिति: १६ पुष २०७८, शुक्रबार ११:४५

दुबइमा अबदेखि घरको बार्दलीमा कपडा सुकाए जरिवाना !
नेपालमा भने घरको बार्दलीमा कपडा सुकाउनु आधारभूत मानव अधिकार भएको !

प्रचण्डलाई महाधिवेशन प्रतिनिधिले भने – ‘खुमलटार छोड्नुस्, घर पार्टी सदस्यले बनाइदिन्छन्’
अनि त्यही घर जाने बाटोको नाम नै प्रचण्डपथ हुनेछ !

सेयर बजारलाई गाली गर्दै प्रचण्ड, लगानी गर्दै नेता-कार्यकर्ता
नयाँ घर बनाइदिन पैसा कताबाट आउँछ त !

‘एमाले, कांग्रेस र माओवादी पार्टी जनताका अगाडि मुख देखाउन लायक छैनन्’ – राजेन्द्र लिङ्देन
सरकारमा पुगेपछि राप्रपाचाहिँ लायक होला नि त !

‘एमाले भुत्ते फलामको डल्लो मात्र’ : माधव नेपाल
मिल्ने भए त ओलीले त्यही फलामको डल्लोले टाउकामा हान्ने थिए !

दुब्लो देखिए किम जोङ उन, अनुहार पनि फेरियो : नयाँ तस्बिर देखेर सबै चकित
विचारमा केही फरक नदेखिएपछि त्यति चकित नभएको !

प्रचण्डको प्रस्तावमा लेखनाथको फरक मत, ‘प्रचण्डमा बढी नै आत्मकेन्द्रित व्यक्तिवाद देखियो’
‘ओलीबाट ठुलो पाठ सिकेँ’ भन्थे, यही हो कि के हो ?

काबुल ध्वस्त हुनबाट बचाउन आफू भागेको पूर्वराष्ट्रपति अशरफ गनीको दाबी
तालिबान छिरेपछि काबुल यसै ध्वस्त उसै ध्वस्त, आफु बाँच्न भागेको भन्नु नि !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com