एउटा मोटरसाईकल चोर्ने ४ जना पक्राउ, चोरले अत्याधिक बल प्रयोग गरेको प्रहरीको आरोप !

प्रकाशित मिति: २४ पुष २०७८, शनिबार १८:२१

‘ठूला भ्रष्टाचारमा ठूला नेताहरुको मिलेमतो छ’ : राजेन्द्र लिङ्देन
सानो भ्रष्टाचारमा आफुले हात हाल्दा भयो नि त !

मोटरसाइकल चोरेको आरोपमा चार जना पक्राउ
असली अपराध त एउटा मोटरसाइकल चोर्न चार जना चाहिनु हो !

‘संसद चल्न नदिएर ओली गाउँ डुलेर हिँडनु भएको छ’ : थापा
संसद अवरोध गर्ने सांसद, गाउँ डुल्ने ओली – यसमा के नराम्रो छ ?

केएमसी शुल्क विवाद वार्ता निश्कर्षविहीन, बढी शुल्क नलिएको कलेजको दावी
विद्यार्थीले बढी शुल्क तिरेको भए पो लिन्छ त कलेजले !

प्रधानमन्त्रीले एमाले अध्यक्ष ओलीलाई भेटेर संसद अवरोध अन्त्यका लागि आग्रह गर्ने
ओलीले राष्ट्रियसभा निर्वाचनको हार स्वीकारे भन्दैमा अब यो आग्रह पनि स्वीकार्छन् भनेर ?!

गठबन्धनलाई ओलीको कटाक्ष- ‘एक अलच्छिन पसे त बर्बाद् हुन्छ, ५/५ अलच्छिन पसे के हुन्छ ?’
को अलच्छिन पसेर के बर्बाद भएको हो, आम जनतालाई के थाहा !

‘क्यापिटल हिल दङ्गा हुनुमा ट्रम्प दोषी’ : राष्ट्रपति बाइडेन
ट्रम्पले उचाले, ट्रम्प नै दोषी – केही नयाँ कुरा गरौँ !

इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष पौडेल भन्छन्- ‘प्रचण्डलाई सेयर बजारको केही ज्ञान छैन’
तपाईं पनि उनीजस्तै क्रान्तिकारी भएको तपाईंलाई पनि केही थाहा हुँदैन थियो !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com