१ नं. चाहिँ सबैभन्दा ढिला, किन हाेला !

प्रकाशित मिति: ५ माघ २०७८, बुधबार ११:१८

ललितपुर प्रशासनको आदेश- ‘मास्क नलगाएका यात्रुलाई पाँच रुपैयाँ लिएर मास्क दिनू’
विद्यार्थीहरुद्वारा मास्कमा पनि छुटको अनुरोध !

प्रदेश २ को नाम ‘मधेश’, स्थायी राजधानी जनकपुर
अब कि बागमतीको कि कर्णालीको नाम फेरेर ‘पहाड’ राख्ने प्रस्ताव !

मधेस प्रदेशका मुख्यमन्त्रीको घरमा ढुंगा प्रहार, एक जना पक्राउ
नाम मन नपरेर हो कि काम मन नपरेर, प्रष्ट नभएको !

‘हिउँदे अधिवेशनबाट प्रदेश १ को नाम टुंगो लगाउँछौं’ : मुख्यमन्त्री राई
नाम राख्न एउटै प्रदेशमात्र बाँकी छ, के ढिलो भयो भन्नु !

विश्वको पहिलो घटना : अमेरिकामा ५६ वर्षीय पुरुषमा सुँगुरको मुटु प्रत्यारोपण
सफल प्रत्यारोपणको खुशीयाली पोर्क खाएर मनाएको !

आज मध्यरातदेखि काठमाडौं उपत्यकामा लागू हुँदै यी आदेश, मास्क नलगाए सार्वजनिक यातायात चढ्न नपाइने
यु मिन अहिलेसम्म मान्छेहरु भीड गाडीमा मास्क नलाई चढिरहेका थिए ?

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com