नाटक सकिएपछी जब पर्दा खस्दैन, आँसु खस्छ 😭
प्रकाशित मिति: ८ माघ २०७८, शनिबार ०९:४०
कृषि विकास बैंकले ५५औं वार्षिक उत्सवको उपलक्षमा प्रश्तुत छ नाटक-“दुरुपयोग”…
(पर्दा खुल्छ)
छोरा :- ‘बा मैंले कृषि विकास बैंकबाट ऋण लिएँ नि !’
बाबु :- ‘ए ! अनि त्यो पैसा के गर्यौ त ?’
छोरा :- ‘धान फल्ने खेत खरिद गरेँ बा !’
बाबु:- ‘स्याबास! अनि खेती सुरु गर्यौ त ?’
छोरा :- खेती हैन, प्लटिङ् सुरु गरें ।’
बाबु :- ‘थुईक्क बुद्धि !’
!
(पर्दा खस्दैन , आँशु खस्छ)
–शैलेन्द्र सिंखडा