जुन ढोँगी आए नि खानै छिरेका !’ – आजको उखान
प्रकाशित मिति: 2 February, 2022 11:43 am
शेखर–गगनको बहसप्रति देउवाको चिन्ता : ‘धेरै नचिढ्याऊँ प्रचण्डले गठबन्धन छाड्न सक्छन् !’
‘कति कमजोर रहेछ गठबन्धन, चुनावसम्म पनि रहन सकेन’ – दीप श्रेष्ठ !
एमसीसीबारे गोकुल बाँस्कोटाको प्रश्न : ‘पुष्पकमल र प्रचण्ड एउटै मान्छेको नाम हैन र भन्या ?’
छविलाल पनि भनेको भए सुनमा सुगन्ध हुन्थ्यो !
अलग्गै नयाँ पार्टी खोल्दै वामदेव गौतम
नेपाल ‘वाम’ पार्टी, स्थापना – २०७८ !
रुसले भन्यो- ‘अमेरिकी प्रतिबन्धहरूको धम्की सुनेर हामी पछि हट्ने र चुप लाग्ने छैनौं’
त्यो त नभनेको भए नि बुझिहालिन्थ्यो , रुसले आफ्नो ग्राहक चिनेकै रहेनछ !
सांसदले भनिन् : ‘मेरै घरमा जनगणना भएन’
सांसदको घरमा नभएको जनगणना आमजनताको घरमा कसरी भयो !
प्रचण्ड र माधव नेपाललाई कांग्रेस प्रवेश गर्न ईश्वर पोखरेलको सुझाव
चुनाव अघि कि चुनाव पछि ?
सरकारले बढायो पेट्रोल-डिजलको मूल्य, बन्यो उच्च मूल्यको नयाँ रेकर्ड
सरकारले केही गरेन भन्नेलाई उदाहरणीय जवाफ !
रुस–युक्रेन विवादको प्रभाव नेपालसम्म, युद्ध नै भए कस्तो असर पर्ला ?
एउटा सरकार ढल्छ, अर्को सरकार बन्छ, योभन्दा बढी के हुन्छ ?
*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.