बालकोटमा कोईराला, कोईराला कोर्टमा ओली !

प्रकाशित मिति: २६ माघ २०७८, बुधबार १२:२३

कमल थापाले राप्रपा छाड्दै भने- ‘अत्यन्त भारी मनका साथ पार्टीबाट अलग हुने निर्णय गरेको छु’
नयाँ पार्टी खोलेपछि पनि मन त्यति हलुका चाहिँ नहोला !

‘कमल थापाको निर्णय अनपेक्षित र दुर्भाग्यपूर्ण’ : राजेन्द्र लिङ्देन
उनकालागि दुर्भाग्यपूर्ण होला तर छोड्ने धम्की दिईरहेका थिए त कसरी अनपेक्षित भयो ?

ओलीलाई भेट्न बालकोट पुगे शेखर कोइराला
एमाले प्रवेशकोलागि ओलीनिवास प्रवेश महत्वपूर्ण भएर हो कि !

अमेरिकालाई वामदेव गौतमको आग्रह- ‘एमसीसीले विभाजन सिर्जना गर्‍यो, फिर्ता लैजानू’
देउबाको आग्रह भए पो लु मान्लान् भन्नु !

देशभित्र र बाहिरका प्रतिक्रियावादीहरू कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहेका छन्: प्रचण्ड
प्रतिक्रियावादी हुन्, लागिरहने मात्र हो, चिन्ता नलिए हुन्छ !

देउवा सरकारले आर्थिक सहायताको नाममा ६ महिनामा बाँड्यो नेता–कार्यकर्तालाई साढे ९ करोड
आफ्नै नेता–कार्यकर्तालाई बाँडेको हो, यसको आलोचना नगरौँ !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com