शीर्ष नेतालाई अमेरिकी मन्त्रीको फोन : ‘हेल्लो लिडर्स, ह्वाट डु यु डु ?  माउथमा एमसिसि माइण्डमा हु ?’

प्रकाशित मिति: २८ माघ २०७८, शुक्रबार ११:५३

लिङ्देनले भने – ‘कमल थापाले पार्टी छाड्दैमा केही असर पर्दैन’
राप्रपाको कुरा हो, असर त लिङ्देन अध्यक्ष भएपछि पनि केही परेको छैन नि !

‘किसानको माग पूरा नगरे चुनावमा अवरोध गर्छौं’ : सीके राउत
अवरोध नगरी नेपालमा कहिले पनि चुनाव भएको छैन !

एमसीसीबारे चित्रबहादुर केसीको धारणा- ‘खसी देखाएर फर्सी भिराउन खोज्दैछ अमेरिका’
नेपालमा न खसी न फर्सी, केबल चित्रबहादुर केसी !

उद्धव पौडेलद्वारा राप्रपा परित्याग
कमल थापाले छोड्दा अनपेक्षित भन्ने लिङ्देनले यसलाई के भन्लान् !

एमसिसीको सन्देश : ‘२० दिनमा संसदबाट पारित भएन भने फिर्ता हुन्छ’
हतार गर्ने कि ढिलो गर्ने, नेताहरु अन्योलमा !

एमसीसीमा केपी ओली पनि प्रचण्डकै लाइनमा !
पहिला प्रचण्ड ओलीपथमा, अब ओली प्रचण्डपथमा !

शीर्ष नेताहरुलाई अमेरिकी मन्त्रीको फोन : एमसीसी फिर्ता भए चीनको हस्तक्षेप ठान्छौं
शीर्ष नेताले शिर्षाशन गर्दै भने-‘जेठी छोडौ घरबार जान्छ, कान्छी छोडौँ माया लाग्छ । परेँ म दोधारैमा !’

प्रचण्डलाई ओलीले भने- ‘मलाई हटाउन एमसिसी पास गर्छौं भन्नुभयो, तपाईंहरूसँग बहुमत छ जे गर्ने हो गर्नुस्’
‘म छैन भने तँ पनि छैनस्’ देश ब्ल्याकहोलतिरको यात्रा !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com