एमसिसी टेबल गर्न लागिएको टेबल सिसाको कि काठको ? खुट्टा हल्लिए, जुनसुकै बेला भाँचिनसक्ने, ठाेकठाक गरेर चलाउने लठबन्धनको तयारी !

प्रकाशित मिति: ८ फाल्गुन २०७८, आईतवार १३:०४

अमेरिकी दूतावासले भन्यो : ‘एमसीसी के गर्ने, केवल नेपालकै निर्णय हो’
दूतावासले थप्यो – ‘तर फिर्ता लिने धम्की आइरहनेछ’

‘गठबन्धनलाई पानी मुनिबाट निकालेर भए पनि ठेगान लगाइन्छ’ : ओली
संसद अवरोधलाई ठेगान लाउन कसको आस गर्नु पर्ने हो ?

‘पछिल्लो पाँच वर्ष धेरै गल्ती गरेँ, माफी चाहन्छु’ : कमल थापा
पाँच वर्ष पछि अर्को माफी आउने पर्खाइमा छौं हामी !

‘अमेरिकाले नेपालसँग धम्की कुटनीति सुरू गरेको छ, हामी प्रतिरोध गर्छौं’ : चीन
चीनले प्रतिरोध गरे पानीको फोहोराले भिजाइदिने नेपाल प्रहरीको प्रतिबद्धता !

‘सरकार तीन तहको निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध छ’ : देउवा
गर्न दिए त निर्वाचन आयोग पनि प्रतिबद्ध नै हो नि !

‘एमसीसीको नाममा गठबन्धन भत्काउने प्रयास हुँदैछ’ : दुर्गा पौडेल
गठबन्धन भत्काउने प्रयास ओलीको, एमसीसी पास गर्ने प्रयास देउबाको – आलोचना चाहिँ कसको ?

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com