‘बाटो बिराएकाहरु’लाई गुगलले दियो सुध्रने मौका, विश्व नेताले भने- ‘विदेशी हस्तक्षेप चाहिँदैन, हाम्लाई सुधार्न पाईदैँन !’

प्रकाशित मिति: १० फाल्गुन २०७८, मंगलवार १३:०९

प्रचण्ड–माधवप्रति ओलीको टिप्पणी : ‘आफू मूर्तिझैं बस्ने, कार्यकर्तालाई सडकमा पठाउने’
एमालेका सांसदले संसद अवरोध गर्दा आफु मूर्तिझैं बसेजस्तै त हो नि !

गुगल म्याप्सको गज्जबको फिचर, इन्टरनेटविना पनि बाटो देखाउने
बाटो बिराएकाहरु उत्साहित, फोन किन्नकालागि भीड !

९ दिनदेखि काठमाडौं उपत्यकामा उठेन फोहोर, संक्रमणको जोखिम बढ्यो
‘संक्रमण बढेर बाध्य भैयो भने उठाउँला’ – महानगरपालिका

‘राजदूतहरूले हाम्रा नेताहरूलाई नचाइरहेका छन्’ : मुख्यमन्त्री राजेन्द्र राई
‘आज एकदिन हो नि मन्त्रीज्यु आउनुस न नाच्नुस हामीसँग’ भन्दै मुख्यमन्त्रीलाई बोलाए नेताहरुले !

‘एमसीसीमा माधव नेपालले दोहोरो चरित्र देखाए’ : निधि
‘नेता भएपछि थोरै अभिनेता पनि हुनुपर्छ’ – नेकपा (एस)

एमसीसी विरुद्धको आन्दोलनप्रति ओलीको आक्रोश, भने – ‘प्रहरीलाई ढुंगा नहान भन्ने कोही भएनन्’
प्रहरीजस्तै आदेश अनुसार चल्ने भए पो ढुंगा नहान्न भन्छन् त !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com